भोजपुरबाट निर्वाचन खर्च नबुझाउने ६ सय ८४ जना कारबाहीमा
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २१:४८:२८
११ असोज, भोजपुर । भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् ।
भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट रु ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व संकलन हुने देखिन्छ । एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ ।
त्यस्तै नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन् । नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट रु २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट रु तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार