सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २२:५२:८
१० असोज, बैतडी । दसै सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी तथा देवताका मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलन रहेकोले यहाँका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ ।
सुदूरपश्चिममा दशैँको बेला खानपिन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । सुदूरपश्चिममा मनाइने दशैँ सात्विक हिसाबले मनाइने गरेको छ । उनले भने,“यो बेला शक्तिकी अधिष्ठात्रीदेवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ । मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्व सात्विक हिसाबले मनाउने चलन रहेको छ।”
नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपिठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रीको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, डिलाशैनी भगवती लगायतका मन्दिरमा जाग्राम बस्नेको भीड लागेको छ ।
सुदूरपश्चिममा दशैँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौ महिनामा गौरीका पूजा गरेजस्तै आश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुले नवरात्रको दश दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । आज सामूहिक रुपमा मन्दिरमा जमरा समेत राख्ने चलन रहेको छ । दशैँ पारिवारिक मिलनको पर्व भएकोले बसाइँसराइ गरेर गएका अन्यत्र गएकासमेत गाउँ फर्कने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार