सुन्दर घर ! जहाँ सैँतीस जनाको परिवारको एउटै भान्सा
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २२:५२:२९
११ असोज, बाँके । एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार वीरलै देख्न पाइन्छ । धेरै दाजुभाइमात्र होइन । एउटै परिवारका दाजुभाइ पनि छुटिएर एकल परिवार बनाएर बसेका छन् । तर, बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ ।
सबैजना घरमा जुट्ँदा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ । उक्त परिवारमा आमासहित छ भाइको संयुक्त परिवारमा पत्नी छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन् ।
केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरु सुत्ने गर्छन् । एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ । “बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ”, साइला छोरा समसुल खाले भने, “एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छौ ठूलो परिवारमा बस्ने बानी प¥यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ ।”
“सबैले आआफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ”, “परिवारका साइला छोरा समसुल खाले भने, “खर्च, वचत दुवै संयुक्तरुपमा गरेका छौँ ।” भान्सादेखि घरको सरसफाइ छ बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरुले खाना पकाउँछन् ।
घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताए । यो परिवारलाई एउटै डोरीमा बाध्ने मुखिया आमा जमुर्ता खा हुन् । ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैँ दङ्ग हुन्छिन । जमुर्ता अझै टाठी छिन । घरको बागडोर उनको हातमा छ, “छोरा नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ जमुर्ताले भनिन”, “मान्छे एक दिन मरेर जान्छ बाचुञ्जेल हासीखुसी बाँच्ने हो ।” बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा छवटा वडा छन् । अधिकांश वडामा मुस्लिम समुदायको बाहुल्यता छ ।
नरैनापुर गाउँमा अधिकांश परिवार संयुक्तरुपमा बस्दै आए पनि विस्तारै छोराहरु एक्लिएर बस्न थालेका छन् । “पहिला पहिला ५०÷६० को एउटै परिवार हुन्थ्याँै अहिले विस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्”, नरैनापुरका स्थानीय जीयावन तमौलीले भने, “संयुक्त परिवार सङ्ख्याको हिसाबले मात्र ठूला हुनु होइन भावना प्रेम सर्मपण हिसाबले बलियो हुनु हो ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार