अञ्जनको हयाट्रिकमा बंगलादेशविरुद्ध नेपालको सानदार जित
नेपालबहस संवाददाता
असोज ११, २०७९ बुधबार २:०:४१
११ असोज, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।
मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्यो । अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए । उनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे । अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे । अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए ।
नेपालका लागि ह्याट्रिक गर्ने उनी छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार