कांग्रेसले ८५ सीट लिनेगरी बाँडफाँड, आन्तरिक विवाद टुङग्याउन गठबन्धनको दवाव
कुसुम सेञ्चुरी
असोज १२, २०७९ बुधबार १५:२:५०
१२ असोज, काठमाडौं । कांग्रेसमा आन्तरिक विवाद बढिरहेका बेला सत्ता गठबन्धन दलले अन्ततः सीट बाँडफाँटमा करिब करिब सहमति जुटाएका छन् । हिजो राती अबेरसम्म बसेको सत्ता गठबन्धन दलको बैठकले सीट बाँडफाँटमा अन्तिम सहमति जुटाएको भएपनि आज दिउँसो मात्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
कार्यदलका एक सदस्यका अनुसार, आज बिहान निर्वाचन क्षेत्र यताउता गर्ने विषयमा शीर्ष नेताहरुले एकचरण छलफल गरेपछि सीट भागबन्डाको औपचारिक घोषणा गर्नेछन् । ‘अहिले शीर्ष नेताहरुबीच सीट बाँडफाँटबारे टुंग्गो लाग्नेछ त्यसपछि सार्वजनिक हुनेछ’, स्रोतले भन्यो । केही जिल्लाका निर्वाचन क्षेत्र यताउता गर्ने या नगर्ने भन्ने विषयमा मात्र सामान्य छलफल पछि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।
गठबन्धनका शीर्ष नेता तथा कार्यदलका सदस्यहरुबीच आज पनि छलफल जारी रहनेछ । प्रदेशसभामा सीट बाँडफाँट कार्यदलले ०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र ०७४ को समानुपातिक सीटलाई आधार बनाउने सहमति गरेको हो । प्रतिनिधिसभा तर्फको भने करिब सबै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको छ । केही जिल्लाका निर्वाचन क्षेत्रमा भने अहिले लगाइएको समझदारी अनुसार क्षेत्र साटफेर गर्ने की भन्नेमा मात्र केन्द्रीत रहेर आज छलफल हुनेछ ।
चुनावमा गठबन्धन दलहरुले तालमेल गरेरै लड्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरुले कांग्रेसका तीन र अन्य दलका दुई दुई जना रहने गरी सीट बाँडफाँटका लागि कार्यदल बनाएका थिए । त्यसयताको ५४ दिन गठबन्धनका दलहरुले सीट बाँडफाँटमा अलमलिएका थिए । सहमतिको धेरै नजिक पुगेर मंगलबार साँझ अबेर नेताहरु बैठकबाट उठेको ती नेताले बताए । दलहरुका बीचमा सबैभन्दा सीट बाँडफाँटमा सकस परेको मधेस प्रदेश थियो । त्यहाँका प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमा दलहरुका बीचमा सीट संख्या भागबन्डामा मंगलबार टुंगो लागेपछि दलहरु सहमति नजिक पुगेका हुन् ।
मधेसका ३२ निर्वाचन क्षेत्रमा अब जनता समाजवादी पार्टी (जसपा)ले सबैभन्दा धेरै १३ सीट पाउनेछ । त्यसपछि कांग्रेसले १२, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाउने गरी समझदारी बनेको छ । राष्ट्रिय जनमोर्चाले भने मधेस प्रदेशमा कुनै पनि सीट पाउने छैन । एकीकृत समाजवादीले रौतहट १ मा पार्टी अध्यक्ष माधव नेपाललाई चुनाव लडामउने छ । अर्को एउटा क्षेत्र पनि मधेसको एकीकृत समाजवादीले पाउने छ ।
माओवादीले भने सिराहमा १, रौतहट १, धनुषामा १, महोत्तरीमा १ र सर्लाहीमा १ सीट पाउनेछ । अन्य मधेसका बारा, पर्सा र सप्तरीमा माओवादीले प्रतिनिधिसभातर्फ सीट पाउने छैन । धनुषामा मातृका यादव, महोत्तरीमा गिरिराजमणि पोखरेल, सर्लाहीमा नरेन्द्र साह, रौतहटमा युवराज भट्टराई र सिराहमा विश्वनाथ साहलाई टिकट दिने गरी माओवादीले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्र पाउने भएको छ । मधेसमा कांग्रेस र जनता समाजवादी तथा पहाडका क्षेत्रहरुमा कांग्रेस र माओवादीका बीचमा सीट बाँडफाँट अलिक धेरै संख्याको पाउने गरी समझदारी बनेको पनि नेताहरुको भनाई छ ।
यद्यपि, कुन दललाई कति सीट संख्या भन्ने बारेमा पनि नेताहरुले केही बताएका छैनन । तर कांग्रेस ८५, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १६, जनता समाजवादी १५ र राष्ट्रिय जनमोर्चाले २ निर्वाचन क्षेत्र लिने गरी प्रतिनिधिसभातर्फ सीट वाँडफाँट हुन लागेको स्रोतको दावी छ । ‘कांग्रेसभित्र आन्तरिक विवाद नमिलेपनि सीट बाँडफाँड टुङग्याउन लागेको हो आन्तरिक विवाद कांग्रेस आफैले मिलाउछ’, बैठकमा सहभागी एस पार्टीका एक नेताले भने ।
उनका अनुसार विवाद मिलाउने जिम्मा कांग्रेसको भएकाले बैठकले त्यसबारेमा केही बोल्नै मिलेन । तर विवाद नमिलेसम्म गठबन्धनको सीट बाँडफाँडले खासै महत्व नराख्ने भएकाले छिटो आन्तरिक विवाद मिलाउन देउवामाथि गठबन्धनमा सामेल अन्य दलका नेताहरुले दवाव दिएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार