एन्फाको विशेष साधरणसभा : दुई सदस्यको टुंगो लगाउदै
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार १५:८:३५
१२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधरणसभा आज हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधरणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।
असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधरणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो । चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधरणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।
जसअनुसार रुपेश अधिकारी,लोकेन्द्र गुरुङ, दिपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।
असार ६ को चुनावी साधरणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार