नियमित फोहर नउठदा दुर्घन्धित बन्दै नेपालगञ्ज बजार, सरुवा रोग संगै डेंगुको प्रकोप फैलदै
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार २०:२३:२१
♦ दीपक शर्मा
१२ असोज बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा सरुवा रोगका संक्रमितको सख्या बढनुका सार्थ डेगुं रोगको प्रकोप पनि फैलिदै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले बजारमा बाट निस्किएको फोहरको सहि सदुपयोग गर्न नसकेका कारण नगरवासीमात्र होइन अन्य जिल्लाबाट आएका मानिसले सरुवा रोग समेत लिएर जाने गरेको पाइएको हो । बढदो बजारीकरणसंगै बजार क्षेत्रबाट निस्केको फोहरमैला व्यवस्थापनको पाटो स्थानिय सरकारका अगाडी चुनौति जस्तै बन्न थालेको छ ।
बजार क्षेत्रका घर, होटल तथा रेष्टुरेन्ट , तरकारी पसल आदी क्षेत्रबाट निस्कने कुहिने र नकुहिने दुवै फोहर व्यवस्थापन गर्न र स्थायी फोहर व्यवस्थापनको उपाए नहुँदा वजार क्षेत्र दुर्घन्दित मात्र भएको छैन उपमहानगर पालिकाका आसपासका खोला नदि किनारमा जथाभावि फोहर फालेको देखिन्छ यसले गर्दा सरुवा रोगको विरामीको सख्या मात्र बढाएको छैन डेंगु रोगका विरामीको सख्या पनि बढाइरहेको छ ।
दैनिक रुपमा फोहर उठदैन यसले बजार दुर्घन्दित बनाएको स्थानिय सुरुज पौडेलले बताए । बजारमा कुहिने र नकुहिने फोहरको पहिचान गरी व्यवस्थापन गर्ने र नाली तथा ढलहरुमा बन्द भएको अवस्थामा ति क्षेत्र वरीपरी दुर्घन्ध फैलिनुका सार्थ अहिले डेगुका विरामी वढिरहेको बेला उप महानगरपालिकाले विशेष प्याकेज ल्याउनु पर्ने नियमित फोहर व्यवस्थापन लाई थप प्रभावकारी बनाउनु पर्ने इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले बताए ।जथाभावि फोहर फाल्दा वातावरण प्रदुषण हुनुका साथै फोहरको गन्ध वरीपरीका वस्तीसम्म पुग्ने गरेको छ ।
मुलुक संघिय संरचनामा गएसगै फोहरमैला व्यवस्थापनलाई मुख्य एजेन्डा नबनाएका स्थानिय तहले गएको स्थानिय तहको निर्वाचनमा मुद्धाको विषय बनाएका थिए तर दिर्घकालिन समाधानका विषयमा भने अझै पनि स्पष्ट देखिदैनन ।केहि दिन अगाडि मात्र सरुवा भएर उपमहानगरपालिका नेपागञ्ज आउनु भएको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद रिजालले आफु यस विषयमा अध्ययन गर्न नपाएको हुँदा सवै संग समन्वय बजारको नियमित फोहर उठाउने कार्यलाई प्राथमिकतामा राखिने बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको वार्ड न २३ हिर्मिनिहामा ल्यान्डफिल्ड साइड निर्माण गरी फोहर त्यहि व्यवस्थापन गरिरहेको छ । तरनियमित फोहर बजारबाट नउठेका कारण त्यसको सिकार आम नागरिक हुनु परेको छ । उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रकाश डिसीले दैनिक फोहर उठाउनका लागी मुख्य सडकहरुमा ठेक्का दिइएको र अन्य भित्रि सडकहरुमा वडा तथा स्थानिय वासीहरुको समन्वयमा पालिकाले आफै फोहर उठाउने गरेको बताए ।
नियमित फोहर नउठने समस्या कहिले काहि पानि परेका कारण फोहर उठाउन समस्या हुने र फोहर उठाउने सवारी साधनको मर्मत समयमै हुन नसक्नु तथा प्रमुख प्रशासकिय नभएका कारण केहि दिन फोहर नियमति नउठेको स्वीकार गर्दै डिसीले अव नियमित फोहर उठने बताए । बजार भित्र भएको फोहर समेत नियमित नउठने गरेका कारण नेपालगञ्ज वासीका लागी थप रोगको संक्रमण कार्यलाई निम्त्याइरहेको अवस्थामा सम्वन्धित निकाय गम्भिर हुन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार