बिज बजारमा भव्य उत्सव, निःशुल्क डेलिभरीदेखि ७८ प्रतिशतसम्म छुट
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार २१:३९:४७
१२ असाेज, काठमाडाैं । ई-कमर्स प्लेटफर्म बिजबजारले ‘बिजबजार भव्य उत्सव’ नामक योजना चाडबाडको उमङ्ग भव्य अफरसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको छ । बडादशैं, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी बिज बजारले उक्त अफर सञ्चालनमा ल्याएको हो ।
आम नेपाली सेवाग्राहीहरूले गरेको प्रगाढ विश्वास तथा बिज बजारप्रतिको सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल तथा नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालन बिज बजार सञ्चालनमा रहेको छ ।
कम्पनीका अनुसार चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको हो । उक्त योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ ।
यो पटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ । जसमा हामी नेपाली भन्ने योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउने छन्। नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ ।
यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ ।
जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ । जसमा पहिलो उपहार MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR, दोस्रोमा REALME 9 PRO + 5G, clg छन्, अनि तेस्रो उपहारमा SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L रहेको छ ।
साथै काठमाडौं उपत्यकाका ग्राहकको लागि घटस्थापनादेखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले दशैंमा दस कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ । कम्पनीका अनुसार, यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानु पर्ने हुन्छ । त्यहाँ कम्पनीले सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ ।
ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप दिनेछ । योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सोमार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न सो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ भने एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा वेभसाइटबाट पनि सेवा लिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार