अवैध पार्किङका लुटेराद्धारा महांकाल मन्दिरका स्वयंसेवकलाई धम्की, प्रहरीकै असईको संलग्नता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज १२, २०७९ बिहिबार ०:२८:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/parking-mahakal_VEySftCPBn.jpg)
१२ असोज, काठमाडौं । ‘महांकाल मन्दिर परिसरमा लुटैलुट, पार्किङका नाममा प्रहरीकै असईको दादागिरी’ शिर्षकमा समाचार प्रकाशित भएपछि पार्किङका नाममा लुट मच्चाउँदै आएको समूहले महांकाल मन्दिरका स्वयंसेवक किसन ठकुरीलाई किन हाम्रा बिरुद्ध समाचार दिएको भन्दै धम्की दिन थालेको छ ।
समाचार प्रकाशित भए लगत्तै मंगलबार जनसेवा सामुदायिक प्रहरीका इन्चार्ज पदम भट्टराईले समाचार किन छपाउन लगाएको भन्दै फकाउने पाराले धम्की दिएका थिए भने बुधबार बिहान फरकफरक समूहमा युवाहरु आएर आफूलाई मन्दिरबाटै हटाउने धम्की दिएको महांकाल मन्दिरका स्वयंसेवक किसन ठकुरीले नेपालबहसलाइृ जानकारी दिए ।
लामो समयदेखि महांकाल मन्दिरमा स्वयंसेवकका रुपमा क्रियाशिल ठकुरी मन्दिरसँग जोडिएका पुजारी, सेवक तथा दर्शनार्थी बीच सहयोगी भावनाका रुपमा परिचित छन् । उनी लगायत मन्दिरमा आबद्ध थुप्रैले अवैध पार्किङका बारेमा खुलेर विरोध जनाइरहेको अवस्था छ ।
आफूलाई लगातार धम्की आउन थालेपछि आफ्नो ज्यानको सुरक्षाका लागि स्वयंसेवक ठकुरीले गुहार मागेका छन् भने मन्दिरमा आबद्ध अन्य व्यक्तिहरुले दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले तत्काल अवैध पार्किङ हटाउन पनि दबाब दिने भएका छन् ।
खासगरी जनसेवा सामुदायिक केन्द्रका इन्चार्ज असई पदम भट्टराईले अवैधरुपमा उक्त पार्किङको ठेक्का ओगटेका हुन् । गुठी संस्थानका नाममा छापिएको रसिद देखाएर उनले दैनिक हजारौं रुपैयाँ असुल्दै आए पनि त्यो रकम कहाँ जान्छ ? कसकसले भागबण्डा गर्छन् ? खुलिसकेको छैन ।
यसअघि, उक्त अवैध पार्किङ बन्द गरिदिन गुठी संस्थानले उपत्यका ट्रााफिक प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको अवस्था छ भने अवैध पार्किङकै बारेमा महानगरपालिका, जनसेवा प्रहरी वृत्तमा समेत उजुरी परिसकेको छ । मन्दिरकै तर्फबाट उजुरी परिसकेपछि सम्भावित कारवाहीबाट जोगिन सामुदायिक प्रहरीका असई पदम भट्टराईले ईश्वर लामीछाने नामका अर्का व्यक्तिलाई आफ्नै रवर स्ट्याम्पका रुपमा अघि सारेका थिए ।
पार्किङमा भइरहेको लुटका सन्दर्भमा गुठी संस्थानमा सम्पर्क गर्दा उसले आफ्नो कुनै पनि जिम्मेवारी नभएको र संस्थानका तर्फबाट उपत्यका ट्रााफिक प्रहरीलाई पार्किङ बन्द गरिदिन पत्राचार भइसकेको जानकारी दियो । मालबाहक सवारी साधनको प्रति घन्टा १००, अन्य निजी सवारी साधनको प्रतिघन्टा ६० र मोटरसाइकलको प्रतिघन्टा २० रुपैयाँ उठाउने गरिएको छ ।
पाकिङको बैद्यता बारे विभिन्न कोणबाट प्रश्न उठेपछि हाल गुठी संस्थान अन्तर्गतको कालमोचन गुठीसँग ५ वर्षको सम्झौता भएको भनिएको छ । तर, कालमोचन गुठीसँग महांकाल मन्दिरको कुनै साइनो सम्वन्ध छैन । कालमोचन गुठीका शाखा अधिकृत हरी सुवेदीमाथि उनले हाल पार्किङ सञ्चालन गर्दै आएको समूहसँग अनुचित लाभ लिएर अवैध सम्झौता गरेको आरोप छ ।
स्वयंसेवक ठकुरीका अनुसार भद्रकाली गुठीसँग सम्वन्ध भएपनि त्यहाँबाट न कुनै स्वीकृति लिइएको छ, न जानकारी नै गराइएको छ । बरु, पछिल्लो समय न्यूरोडका विभिन्न स्थानमा स्मार्ट पार्किङको जिम्मा पाएको टीमले महांकालको पार्किङ पनि जिम्मा लिएको छ । तर, उसले पार्किङ शुल्क उठाएवापत दिने रसिद अवैद्द हो ।
र याे पनि…
महांकाल मन्दिर परिसरमा लुटैलुट: पार्किङका नाममा प्रहरीकै असईको दादागीरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार