गठबन्धनको कारणले स्याङ्जामा भाडभैलो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार १७:३१:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/syagja_FIucfZr1Bl.jpg)
१३ असोज, स्याङ्जा । नेपाली कांग्रेसको राम्रो पकड भएको जिल्ला मानिन्छ, स्याङजा। गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा राम्रो पकड कायम राख्न सफल कांग्रेसलाई प्रदेश र संघको गठबन्धनले भने नराम्रोसँग प्रभावित गरेको छ। जिल्लाको पहिलो मत प्राप्त यो पार्टीलाई माओवादीको हैसियत भन्दा बढीको मागले तनाव दिएको हो।
अझै कांग्रेसको सबैभन्दा धेरै मतभार भएको प्रदेशमा माओवादी दावीले जिल्लाको गठबन्धन धरापमा परेको छ । ०६४ सालमा माओवादीको जगजगीका बेला समेत नगन्य रहेका माओवादीहरुले आफ्नो हैसियत भन्दा बढी माग दावी गर्न थालेपछि स्याङ्जा कांग्रेस कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ । यसलाई मत बिनाको माओवादी दावीले एमाले जिताउने रणनीति हुनसक्ने आंकलन नेपाली कांग्रेसका यूवा नेता एवं महाधिवेशन प्रतिनिधि इन्द्र रिजालले बताए ।
स्याङ्जाका कांग्रेस नेताहरू प्रदेश १ क माथि माओवादी दावी कायम रहे स्याङ्जामा गठबन्धन भत्कने दावी गर्छन् । यसबारे केन्द्रीय नेतृत्वले समयमै विचार पुर्याउनु बुद्धिमानी हुने कार्यकर्ताहरुको आग्रह छ ।
गत स्थानीय चुनावमा जहाँ माओवादीसँग गठबन्धन गरिएको थियो ती पालिकाहरुमा कांग्रेसका मेयर उपमेयरले चुनाव हारेको तर जहाँ कांग्रेस एक्लै चुनाव लडेको थियो ती स्थानमा भने शानदार मतका साथ कांग्रेसले चुनाव जितेको थियो । एकातर्फ एमाले विभाजनको असर स्याङ्जामा खासै नपर्नु र माओवादीको संगठन कमजोर हुनुले स्याङ्जामा गठबन्धन नै आवश्यक नरहेको अधिकांश कांग्रेस कार्यकर्ताहरुको भनाई रहेकाे नेपाली कांग्रेसका यूवा नेता एवं प्रवक्ता भरत लम्सालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार