मोरङका ४ र ५ निर्वाचन क्षेत्र कांग्रेसले नपाउने, गुरु, आचार्य र अर्याललाई धक्का
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार १९:२६:२८
१३ असोज, विराटनगर । मोरङका ६ निर्वाचन क्षेत्रको भाबण्डामा सत्ता गठबन्धन दलबीच लगभग सहमति जुटेको बताइएको छ । कुल ६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले ४ वटा क्षेत्र पाएको छ । नेकपा माओवादी केन्द्रले दावी गरेको क्षेत्र नं ४ र ५ मा भने अझै विवाद देखिएको छ ।
क्षेत्र न. ५ मा जनता समाजवादी पार्टी (जसपा) समेत दावी गरेकाले यो क्षेत्रमा माओवादी र जसपाबीच सहमति हुन बाँकी छ । यी दुई क्षेत्र बाहेक कांग्रेसले लिएको छ । मोरङ ४ मा कांग्रेस नेता महेश आचार्य र गुरुराज घिमिरेले मुख्य दावी गरेका थिए । क्षेत्र नं ५ मा कांग्रेसका अमृत अर्यालको मुख्य दावी रहेको थियो ।
यी दुवै क्षेत्र कांग्रेसले नपाउने भएपछि उनीहरुको उम्मेदवार बन्न चाहनामा धक्का लागेको छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले मोरङमा निर्वाचन क्षेत्र नम्बर ४ र ५ माओवादीले प्राप्त गर्ने जानकारी दिएका छन् । उनले यो विषयमा लगभग सहमति भइसकेको बताए ।
गुरु र आचार्यले दावी गरेको क्षेत्र नम्बर ४ मा ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए भने अर्यालले दावी गरेको मोरङ ५ मा माओवादीकै शिवकुमार मण्डल विजयी भएका थिए । ती दुबै क्षेत्रमा कांग्रेसले दाबी गर्दै आएको थियो । कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ६ प्राप्त गर्नेछ । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र कसले कति लिने भन्ने विषयमा भने सहमति भएको छैन् ।
४ नम्बर क्षेत्रमा कांग्रेसका नेता महेश आचार्य अहिले पनि चुनावी अभियानमै रहेका छन् । ५ नम्बर क्षेत्रमा नेता अमृत अर्यालले दाबी गरेका थिए । अर्यालको नाम दुबै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस भएको छ । यता, मोरङ ५ मा भने आफूहरूको जनाधार राम्रो भएकाले त्यो क्षेत्र प्राप्त गर्नुपर्ने जसपाले दाबी गरिरहेको छ । गठबन्धनबाट आफूहरूले टिकट नपाए एकल रुपमा उमेदवारी दिने जसपाको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार