बालुवाटारमा बैठक नै बैठकः दिउँसो गठबन्धन कार्यदलको, साँझ पाँच दलका शीर्ष नेताको
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार २०:७:१३
१३ असोज, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सीट भाबण्डाका लागि लामो समयदेखि छलफलमा रहेको सत्ता गठबन्धन कार्यदलले सहमति जुटाउन छलफल सुरु गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनय दर्ता गराउनुपर्ने भएकाले पनि दलहरु उम्मेदवार चयनको चटारोमा छन् । कार्यदलले सघीय निर्वाचन क्षेत्रमा नै सहमति जुटाउन सकेको छैन् । प्रदेशसभाका सीटबारे सामान्य छलफलमात्रै भएको छ ।
दिउँसो गठबन्धनको कार्यदलले बनाउने सहमतिको रोडम्यापमा बिहीबार साँझ पाँच दलका शीर्ष नेताहरुले छलफल गर्नेछ । कार्यदलका सदस्य एवं जसपाका नेता मनिष सुमनका अनुसार २ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदल छलफलमा जुटेको हो । आजको बैठकमा प्रदेशतर्फ सिट बाँडफाँटको विषयमा सहमतिको रोडम्याप तयार गरिनेछ । ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कुन दललाई कति सिट लिने भन्ने मोटामोटी खाका बनाउने जिम्मा कार्यदललाई छ ।
कार्यदलले २०७४ मा जितेको स्थान र वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मतलगायतका विषयमा मापदण्ड तयार गर्ने बताइएको छ । यसपछि आजै साँझ ६ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटलाई निचोडमा पुर्याउने बताइएको छ । सीट संख्या निस्चित भएपछि दलहरुले आआफ्ना उम्मेदवार तयार गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार