मोरङ, चितवन र कैलालीमा मोटामोटी सहमति, नेताको चित्त बुझाउँन दलहरुलाई हम्मे
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार २१:५:३८
१३ असोज, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले मोरङ, चितवन र कैलाली जिल्लाको सीट बाँडफाँडमा मोटामोटी सहमति जुटेको बताएका छन् । कार्यदलले मोटामोटी सहमति जुटाएपनि बाँडफाँडबाट कुने पनि दल सन्तुष्ट देखिएका छैनन् । सहमति जुटेको भनिएका क्षेत्रमा दलका नेताहरुले नै असन्तुष्टि जनाइरहेको बताइएको छ ।
नेताहरुले सीट संख्या र निर्वाचन क्षेत्रमा बढी असन्तुष्टि जनाएका छन् । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रतिनिधिसभातर्फ चितवनका तीन निर्वाचन क्षेत्रमा भागबण्डा मिलेको छ । जसमध्ये दुई वटा निर्वाचन क्षेत्र कांग्रेसले र एउटा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाउने सहमति भएको छ । नेपाली कांग्रेस चितवनले जिल्ला समितिको निर्णय अनुसार नै केन्द्रीय गठबन्धनले चितवनको भागबण्डा मिलाएको जनाएको छ ।
संघतर्फ कांग्रेसले चितवनको क्षेत्र नम्बर १ र २ मा उम्मेदवारी दिने तथा माओवादी केन्द्रले क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेगरी सहमति गरेका छन् । उता, मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेस पाउने सहमती भएको बताइएको छ । मोरङका ४ र ५ नक्बर निर्वाचन क्षेत्र माओवादीले लिने गरी सहमति भएपनि क्षेत्र नम्बर ५ मा जसपाले दावी नछाडेकाले माओवादी र उसकाबीच सहमति हुन बाँकी छ ।
ती नेताका अनुसार सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा पनि सिट बाँडफाँड करीब सकिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ सिट बाँडफाँड भएको हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नं. १, ४ र ५ कांग्रेसले लिने र क्षेत्र नम्बर २ र ३ माओवादी केन्द्रले लिने सहमति भएको छ ।
कैलालीमा स्थानीय नेताहरुले भने कांग्रेसको भागमा परेका निर्वाचन क्षेत्रप्रति असहमती राखेका छन् । उनीहरुले सीट बाँडफाँटमा केन्द्रीय सहमतिविपरीत भएको बताएका छन् । कैलाली कांग्रेसले ४ वटा निर्वाचन क्षेत्र आफूहरुले पाउनुपर्ने माग राख्दै आएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाहेकका क्षेत्र काँग्रेसले पाउनुपर्ने उनीहरुको तर्क छ । यस्तै । कैलालीमा सिट नपाएपछि नेकपा एकीकृत समाजवादीले पनि विरोध जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार