इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १३, २०७९ शुक्रबार ०:३:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/MoU-2-scaled-e1664454798125_rQmuIOTcp6.jpg)
१३ असोज, काठमाडौं । आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ । आज एक कार्यक्रमबिच इन्फोडेभलपर्सका सिइयो उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच शिर्ष प्रायोजनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सह(सस्थापकहरु प्रविण सुवेदी, अर्विन्द प्रधान र सिओओ डा. राजिव सुब्बाको उपस्थिती रहेको थियो ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौ आइसिटी अवार्डको शिर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने सुवर्ण अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सिइओ उमेश रघुवंशीले भने “ हामिले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उदेश्यले आइसिटी अवार्डसँग सहकार्य गरेका हौ । “
२० औं वर्षको यात्रामा रहेको नेपालको अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले ३५० जनाबढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपालका प्रमुख सरकारी, गैरसरहकारी, व्यवसायिक र वित्तिय संस्थाहरुमा सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स सफ्टवेयर उद्योग क्षेत्रको एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ । कम्पनीलाई नेपाली युनिकर्नको रुपमा स्थापित गराउने लक्ष्य सहित एक वर्षमा एक अर्बको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडी बढेको छ । कम्पनीले नेपाल वाहेक अन्य देशहरुमा समेत आफ्नो सेवा विस्तार गरिरहेको छ ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष विभिन्न १२ विधामा ५०० बढिको नोमिनेसन प्राप्त भएको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ ।
यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक १८ र १९ गते एक सयभन्दा बढि डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ । यसको लागि आयोजकले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो । सातै प्रदेशबाट ४० बढि स्टार्टअप तथा आइडियाहरु काठमाडौंको कार्यक्रमको लागि छनौट भएका छन । आइसिटी अवार्ड २०२२ को दोश्रो चरणको छनौट पश्चात स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
असार २०, २०८१ बिहिबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार