बीरगञ्जका सामुदायिक विद्यालयहरुमा डेस्कबेञ्चको अभाव, शिक्षा समितिले बुझायो महानगरका मेयर सिंहलाई प्रतिवेदन
आबिद हुसेन
असोज १४, २०७९ शुक्रबार १९:४२:५०
१४ असोज, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा डेस्कबेञ्चको अभाव देखिएको छ । महानगरको शिक्षा समितिले गठन गरेको सामुदायिक विद्यालयको भौतिक अवस्थाको अध्ययन गर्न गठित उप–समितिले स्थलगत निरीक्षणका क्रममा विद्यालयहरुमा बढिमात्रामा डेस्कबेञ्चकै अभाव रहेको देखाएको हो ।
समितिले सामुदायिक विद्यालयलाई १ हजार ८ सय ७५ सेट डेस्कबेञ्च अभाव रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । डेस्कबेञ्च अभावमा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने समस्या रहेको तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको देखिएको हो । २ हप्ता लगाएर स्थलगत निरीक्षण गरेको उपसमितिले निरीक्षणका क्रममा प्राप्त भएको जानकारीलाई प्रतिवेदन बनाएर बिहीबार महानगरपालिकाका मेयर राजेशमान सिंहलाई बुझाएको छ ।
बिहीबार प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक प्रदीप केडियाले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि प्रतिवेदनमा समेटिएका समस्या सुधार गर्नुपर्नेमा जोड दिएका छन् । बीरगञ्ज महानगरपालिकामा सञ्चालित ९० वटा सामुदायिक विद्यालयमा स्थलगत रुपमा पुगेर समितिले हरेक विद्यालयको अवस्थाको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा बजारमा सञ्चालित अधिकांस सामुदायिक विद्यालयमा भवन तथा कक्षाकोठाका साथै डेस्कबेञ्चको अभाव देखिएको समितिकी सदस्य डा.शुष्मा तिवारीले बताइन् । महानगरकै ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा भने कक्षाकोठामा जस्तापाता लगाउनुपर्ने, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको उनी बताउँछिन् ।
समितिले दिएको प्रतिवेदनले ६१ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुपर्ने, ७१ वटा कक्षाकोठा मर्मत गर्नुपर्ने, २३ सेट शौचालय निर्माण गर्नुपर्ने, ५ सेट शौचालय मर्मत गर्नुपर्ने, ४१९ वटा पंखा जडान गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । यस्तै १३२ वटा झ्याल ढोका बनाउनुपर्ने, १३ वटा कोठामा जस्तापाता लगाउनुपर्ने, १९ थान चापाकल जडान गर्नु पर्ने, १४ वटा विद्यालय मैदानमा माटो पुर्नु पर्ने लगायतका समस्या प्रतिवेदनमा देखाइएको छ ।
बीरगञ्जमै सञ्चालित त्रिजुद्ध मावि, त्रिभुवन हनुमान मावि लगायतमा कक्षाकोठा अभाव देखिएको छ भने माइस्थान विद्यापिठमा डेस्कबेञ्च अभाव भेटिएको छ । प्रतिबेदन बुझ्दै महानगरका मेयर सिंहले सामुदायिक विद्यालय सुधारका लागि समितिले औँल्याएको समस्या समाधानमा दशैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।
यस्तै कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, आर्थिक अपारदर्शीता, न्यून विद्यार्थी संख्या जस्ता समस्या पनि देखिएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी काम गरिने मेयर सिंहले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार