सेनाले छाडेपछि ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार २०:१३:१७
१४ असोज, डडेल्धुरा । यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ । पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ ।
द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनःनिर्माण र मर्मतका नाममा बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च हुँदै आएको छ । अमरगढी किल्ला विकास समितिले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन ।
अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । विसं २०५८ मा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला प्रवेशमा पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो । विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मातहत रह्यो । स्थानीयको पटकपटकको प्रयासपछि २०६६ साल पुसदेखि किल्लाको नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।
किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताउनुभयो । प्रत्येक आर्थिक वर्षमा नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीयस्थलको प्रचारका लाखौँ रुपैयाँ विनियोजन गरिएको नपाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार