फ्राइडे फिल्म : हलमा ‘बाबरी’ प्रदर्शन

नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार २०:२९:३१

१४ असोज, काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा छन् । उनले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गरेका छन् ।
पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ । विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ । दुवैबीच सामीप्यता भने नेपालमा बढ्छ । रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्छन । पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ । विजेता र विक्रान्त बच्चा देखिकै साथी हुन्छन् ।
विक्रान्तले विजेतालाई माया गर्छन । यद्यपि विजेता भने रोनिसको पर्खाइमा छन् । घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किन्छन् । आफूले माया गरेको विजेता अरु कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो । विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्नु हुन्छ ? जिद्दी विक्रान्तले विजेतालाई सहजै छाड्न्छन ? विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई रोज्छन् ? यी तथ्य थाहापाउन हलसम्म पुग्नुपर्छ ।
डेब्यु अभिनेता धीरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुन् । “मेरो लागि यो खास छ । आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु । मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु”, अभिनेता नाडकरले भने ।
शीर्ष भूमिका निर्वाह गरेकी अदितीले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताइन । उनी भन्छिन्, “छोरी विवाहको लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ । हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु ।”
अभिनेता धीरज मगरले निर्वाह गरेको ‘सानो राजा साहेब’ को पात्र पुर्व युवराज पारस शाहसँग केही मिल्दो छ । “मैले केही गुण उनको अपनाएको छु । लेटाङ पुगेर छायाङ्कन अगाडि स्थानीय युवालाई समेत बुझेर चरित्रमा ल्याएको छु”, अभिनेता मगरले भने । बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठले पनि फिल्ममा अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार