सडक हिलाम्य हुँदा दशैंका लागि आवतजावत गर्नै कठिनाइ
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार २०:५२:२
१४ असोज , भोजपुर । ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दशैं मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडवाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँगाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ ।
वर्षात्का कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । खास गरेर दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिकामा सदरमुकामसम्मको यातायात सेवा सञ्चालनमा समस्या भएको छ ।
त्यस्तै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकासँगको यातायात सञ्चालनमा पनि समस्या छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपजसँगै खाद्यान्न ढुवानीमा समस्या छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय नागरिकको माग छ । स्थानीय तहले बिग्रिएको ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातायात सञ्चालनमा सहजता हुने स्थानीय बताउँछन् ।
सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या भएपछि दशैं मान्न देशविदेशबाट आएकालाई गन्तव्यसम्म पुग्न नै समस्या छ । सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।
कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । गाउँपालिकामा विभिन्न कामका लागि मानिसको आवतजावत बढे पनि सडक सञ्चालनमा भने समस्या छ ।
भोजपुर सदरमुकामबाट कोट हुँदै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायतका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । दशैंका लागि आवतजावत गर्न कठिनाइ भएको छ । स्थानीय कृषक गणेशप्रसाद राईले भने, “यो पटक हिले दशैं हुने भयो, सबै सडक हिलाम्य छन्, बजारसम्म जान आउन समस्या छ, स्थानीय तहले केही सडक मर्मत गरे पनि निरन्तरको वर्षात्ले बाटो बिग्रिएको छ ।”
दैनिक उपभोग्य वस्तु ढुवानीका लागि कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका व्यापारी सन्तोष विष्टले जानकारी दिए। विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका उनले बताए । उनले भने, “यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ, आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।”
पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमितरुपमा यातायात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब पाँच वर्ष अगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयलाई राहत मिलेको हो ।
पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर र गुप्तेश्वर तथा टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेको यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नो क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार