नयाँ संसद भवनको अवलोकन गर्दै तिमिल्सिनाले भने, ‘पहिलो बैठक बस्न मिल्ने गरी निर्माण सक्नू’
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार २१:१५:३७
१४ असोज, काठमाडौं । निर्वाचित संसदको कार्यकाल सकिएर नयाँ निर्वाचनको तयारी भइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरवारभित्र निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । उनले शुक्रबार निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन भनेका छन् । उनले चाँडो काम सक्नका लागि आवश्यक जनशक्ति थप गरेर भएपनि काम गर्न निर्देशन दिँदै पैसाको कारणले समस्या नआउने बताए । भरसक आगामी संसदको पहिलो बैठक बस्न मिल्ने गरी दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गर्दै संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहे पनि दुईवटा हाउसलाई अलि जोड गरेर बनाइसक्नुपर्नेमा जोड दिए ।
उनले कुनै पनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तीव्रता दिनुपर्ने बताए । २०७६ असोज १६ गते संघीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । तर, अहिलकै अवस्थामा काम भए सकिने अवस्था छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार