समानुपातिक उम्मेदवारको नामावली टुंग्याउन बालुवाटारमा कांग्रेसको बैठक
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १९:१३:२८
१५ असार, काठमाडौं । असोज १६ गते आइतबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीलाई अन्तिम रुप दिनुपर्ने भएकाले यसै विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरु भएको छ । बैठकमा अन्य शीर्ष नेताहरु पनि उपस्थित रहेको बताइएको छ । बैठकमा कांग्रेसको असन्तुष्ट पक्ष भनिएको कोाइराला समूहले उठाएका माग सम्बोधन मूख्या एजेण्डा रहेको छ ।
कांग्रेसको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीमा पेस भएका नाम सच्याउनु अघि कोइराला समूहका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा संसदीय बोर्ड केन्द्रीत भएको छ । बन्दसूची सच्याएर आफ्नो पक्षका नेताहरुको नाम समावेश गर्न कोइराला समूहले सभापति शेरबहादुर देउवालाई नयाँ लिष्ट बुझाएको छ ।
यसबारे शुक्रबारको बैठकमा पनि छलफल भएको थियो । तर, सभापति देउवा पक्षका केही नेताहरुले कोइराला समूहले मागजति सीट दिन नसकिने भन्दै बैठकमा दवाव दिएका थिए । उनीहरुको दवावका कारण पनि देउवालाई निर्णयमा पुग्न कठिन भइरहेको बताइएको छ । असन्तुष्ट समूले आज साँझसम्म निर्णय कुर्ने जनाएको छ ।
बोर्ड बैठक सुरु भएपनि शीर्ष नेताहरू अहिले बैठकमा पुग्ने क्रम जारी नै रहेको बताइएको छ । कांग्रेसको बैठक सकिएपछि गठबन्धनका शीर्ष नेताको बैठक पनि बस्ने भनिएको छ । शुक्रबार बसेको बोर्ड बैठकले उम्मेदवारहरूको नामावली फाइनल गर्न सकेको थिएन । गठबन्धनमा सहमति नजुटेपछि दलहरू आफ्नो तयारीमा लागेका छन् । गठबन्धनको दल जसपाको कार्यकारिणी बैठक पनि बसिरहेको छ ।
यता, कोइराला समूहका नेताहरु पनि छलफलमा जुटिरहेका छन् । आज साँझसम्ममा कस्तो निर्णय आउने, सभापति देउवाले भनेअनुसार नगरे कसरी अगाडी जाने भन्ने विषयमा कोइराला समूहमा छलफल चलिरहेको छ । यो समूहले समानुपातिकमा ३८ सीट संख्या मागेको छ । जसलाई संस्थापन पक्षले स्वीकार गरेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार