सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँमा हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिने
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १९:४७:४४
१५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छिन् । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिकरूपमा मात्र आयोजना गरिएको थियो । बडादशैंको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाति बढाइँ गर्ने पहिले देखिनकै चलन हो ।
गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दशैं बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा छन् ।
फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुडिखेल वरपर नरनारीको पनि बाक्लो उपस्थिति हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार