म शेरबहादुर गुट र शेखर कोइराला गुट भनेर मान्नेवाला छैन: टेकराज ओझा
नेपालबहस संवाददाता
असोज १७, २०७९ सोमबार १८:१३:२३
समाजसेवा र विद्यार्थी राजनीतिबाट खारिएका स्थापित युवा नेता हुन् टेकराज ओझा । डोटीका स्थायी वासिन्दा ओझा कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । गुटकोभन्दा पनि असल नेता र नेतृत्वको खोजीमा जोड दिने उनी पूर्व सांसद् तथा मन्त्री सिद्धराज ओझाका भाइ हुन् । पारिवारिक रुपले पनि कांग्रेस संगठनमा ठूलो योगदान गरेका ओझा समाजसेवी, सालिन नेता र स्पष्टवक्ताको रुपमा परिचित छन् । पार्टी संगठनमा सधैं दत्तचित्त उनी कांग्रेस टिकट वितरणमा गुट, उपगुटभन्दा न्यायोचित निर्णय गर्न सुझाउछन् । राजनीतिलाई पेशा नभइ समाजसेवा ठाउन्ने उनी निष्ठावान नेता भनेर चिनिन्छन् । उनै नेता ओझासँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
पाईं डोटीबाट संघीय सांसदको टिकट आकांक्षी हुनुहुन्छ पार्टीले देला त ?
पार्टीले मलाई टिकट दिनुपर्ने हो । मलाई किन दिनुपर्ने भने हामीसँग धेरै राम्रा विद्यार्थी नेता आकांक्षी छन् । जस्ते वीरबहादुर बलायर हुनुहुन्छ । उहाँभन्दा सिनियर मान्छे भक्तबहादुर बलायर हुनुहुन्छ । उहाँले तीन पटक चुनाव जितिसक्नुभएको छ । त्यसमध्ये म पनि एउटा विद्यार्थी संगठनदेखि कांग्रेस संगठनमा तरिलो ढंगले लागेको मान्छे मैले अहिलेसम्म अवसर पाएको छैन । यो कुरा ती नेता, कार्यकर्ता सबैलाई थाहा छ । पार्टी संगठनको लागि जिल्लामा बसेर धेरै काम गरेको छु । डोटीमा भूगोलको आवश्यकता, जनताको चाहना र भावना मैले पनि राम्रैसँग बुझेको छु । हुन त डोटीबाट हामी ९ जना सिफारिस भएर आएका छौं । ती ९ जनामध्ये यसपालि मेरै पालो हो जस्तो लाग्छ । त्यसैले पार्टीले मलाई टिकट दिन्छ भन्नेमा ढुक्क छु ।
यहाँ त शेरबहादुर गुट, शेखर गुट भनेर दौडधूप छ, तपाईंलाई टिकट देलान् र ?
म चाहीं त्यस्तो शेरबहादुर गुट, शेखर कोइराला गुट भनेर मान्नेवाला छैन । किन मान्दिन भन्दा हिजो तिनै मान्छे कोइराला गुटमा थिए आज शक्ति र पावरको आडमा देउवा गुटमा गएका छन् । शेखर गुटका पनि कतिपय व्यक्तिगत स्वार्थको लागि देउवामा गुटमा छिरेका छन् । त्यसकारण यसलाई खासै गुट भन्न म रुचाउँदिन । व्यक्तिगत अवसरको लागि तिनै मान्छे कहिले देउवातिर हुन्छन् कहितले कोइरालातिर हुन्छ । वैचारिक, सैद्धान्तिक लडाइँ नै होइन अनि कसरी गुट हुन्छ ? यी सबै शत्ता र शक्तिको आकर्षणमा तिनै मान्छे कहिले यताका भन्छन् कहिले उताका भन्छन् । व्यक्तिगत स्वर्थले भरिएका हल्ला हुन् ।
तपाईंलाई टिकटै दिनुपर्ने गरी डोटी कांग्रेसमा के योगदान गर्नुभएको छ ?
हामी नेपाली कांग्रेसको संगठनमा लाग्दा सुदूरपश्चिमभरि जम्मा २९ जना नेता थियौं । ती २९ जना एक ठाउँमा जम्मा भएर बैठक गर्ने गरिन्थ्यो । त्यतिबेला पञ्चायती व्यवस्था थियो । पञ्चेहरुसँग लुकीछिपी बैठक, भेला गर्नुपथ्र्यो । त्यसरी कांग्रेसको संगठनलाई अगाडि बढाउँदै लगियो । जब २०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । २०४७ सालमा मेरा दाइ सांसद हुनुभयो । अनि उहाँसँग बसेर पार्टी संगठन अगाडि बढाउने, जनतासँग घुलमिल गर्ने, उनीहरुका समस्या समाधानका लागि पार्टी र सरकारमा लभिङ्ग गर्ने, विकास निर्माणका काममा अगाडि बढाउने काम गर्दै आएँ । यसरी मैले विद्यार्थीकालदेखि नै डोटीको विकास निर्माण र त्यहाँका जनताका आवश्यकता परिपूर्तिको गर्ने काम गर्दै आएको छु । पार्टीको संगठनमा विद्यार्थीकालदेखि आफू पदमा नरहँदा पनि साथीहरुलाई सहयोग गर्दै आएको छु । दाइ सिद्धराज ओझा सांसद, मन्त्री हुँदा उहाँसँग बसेर पार्टीको संगठनदेखि सरकार सञ्चालनसम्मको गर्ने अवसर पाएको छु । त्यसले पनि मलाई जनतासँग नजिकबाट घुलमिल गर्ने अवसर दियो । त्यसैगरी विभिन्न सामाजिक काम गरेर साजसेवा गरेको छु ।
त्यतिलामो समय पार्टी र जनताबीच रुझान भएको मान्छे अहिलेसम्म किन टिकट पाउनुभएन त ?
पहिला डोटीमा दुईवटा निर्वाचन क्षेत्र थियो । २०७० को निर्वाचनमा दुई नम्बर क्षेत्रबाट झन्डैझन्डै म सर्वसम्मतै मान्छे हो । त्यसमा क–कसले भूमिका खेलेर मैले टिकट पाइँन । त्यसबेला तीन जना सिफारिस भएका थियौं । त्यसमा म सर्वसम्मत जस्तै थिएँ । त्यति हुँदा पनि मैले सेवा गर्ने अवसर पाइँन । त्यसकारण पनि यसपालि पार्टीले मलाई न्याय गर्छ भन्नेमा विश्वस्त छु । किन सबै कुरामा बाहेस हुनुहुँदैन । हामीले सोच राख्दा सधैं सकारात्मक राख्नुपर्छ । त्यसकारण पनि पार्टीले सोचेर, बुझेर विवेकपूर्ण निर्णय गर्छ भन्ने लाग्छ ।
नेविसंघको कुनै पदमा रहेर काम गर्नुभएन ?
म आफै लिडर चाहीं भइन । तर, नेविसंघ र नेपाली कांग्रेसका साथीहरुसँग बसेर सहयोग र सल्लाह दिने काम गर्दथेँ । त्यतिबेला उमेरले पनि परिपक्व भइसकेको थिएन । २०४६ सालमा त हाइस्कूल पढ्दै थिएँ । सानै भएपनि पारिवारिक वातावरण नै राजनीतिक भएकाले नेविसंघ, नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु मलाई भेट्न, सल्लाह लिन आउनुहुन्थ्यो । तर, पदीय दायित्वमा रहिन । साथीहरुलाई पदमा पु¥याउन चाहीं धेरै काम गरियो । त्यसकारण पनि अहिले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।
टिकट वितरणको विषयलाई संस्थापन इतरपक्ष आन्दोलित छ, यसलाई कसरी लिनुभएको छ ?
राजनीति, समाजसेवा भनेकै एउटा आन्दोलन हो । तर, पार्टीको विषयलाई लिएर बाहिर छताछुल्ला हुनेगरी आन्दोलनमा उत्रनुभन्दा दुवै पक्ष बसेर आन्तरिक रुपमा मिलाउनुपर्ने हो । जब मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । त्यतिबेलै नेपाली कांग्रेसभित्र गुट, उपगुट सुरुवात भयो । त्यो परिस्कृत हुँदाहुँदै आज यहाँसम्म आइपुग्यो । एउटा पक्षले निर्णय ग¥यो, अर्को पक्षले विरोध गर्ने, तँलाई यति, मलाई यति भनेर भाग खोज्ने हुनथाल्यो । अहिले आएर संस्थापन पक्षले पनि अलि नमिलाएको जस्तो देखिन्छ । इतरपक्षले पनि आफूनिकटलाई केन्द्रमा राखेर भाग खोजेजस्तो देखिन्छ ।
चुनावको मुखमा आएर यस्तो गतिविधि गर्नु स्वाभाविक हो त ?
यस्ता गतिविधि आउने नै चुनावका बेला हो । यो पाँच वर्षका लागि हुने चुनाव हो । त्यो पाँच वर्षे चुनावमा जस्तो म डोटीकै उदाहरण दिन्छु । त्यहाँबाट हामी ९ जना सिफारिस भएर आएका छौं । ती ९ जनामध्य एकजनाले पाउटे हो । त्यो कुरा हामीलाई मजाले थाहा छ । त्यो पाउने एकजनामध्ये मेरो मान्छे, तेरो मान्छे भनेर दिने कि त्यसको वास्तविकता बुझेर सिनियरबाट छाने मिलन विन्दु समाउने विवाद त्यहाँनेर हो । मिलन विन्दु त संस्थापन र इतर दुवै पक्षको होला नि । त्यो खोजिरहँदा सबैलाई मिलाउन सक्ने, सबैलाई बराबर सम्मान गर्ने, भूगोलको आवश्यकता, जनताको चाहना र पार्टीमा लामो योगदान गरेर पनि अवसर नपाएकोलाई हेर्ने हो । जसलाई ल्याउँदा विवाद घटेर चुनाव जित्न सहज होस् । पार्टीले फराकिलो मन गरेर आफूनिक भन्दा पनि जनताको मन छुन सक्ने मान्छे छनोट गर्नुप¥यो । यो नेतृत्व भनेको आगामी पुस्ताका लागि पनि हो । त्यसैले नेतृत्व छनोट गर्दा राजनीतिक पृष्ठभूमि भएको, आगामी पुस्तालाई पनि भिजन दिन सक्ने, असन्तुष्टलाई पनि मिलाउन सक्ने मान्छेलाई ल्याउनुप¥यो । जसको कारणले आगामी पुस्तामा सही नेतृत्व आओस् । अहिले पैसा, दम्भ र पहुँचको भरमा मान्छे छनोट गरियो भने त्यसरी आएको मान्छेले राम्रा निर्णय गर्न सक्दैन । भावी पुस्ताको लागि सही नेतृत्व दिने नेता बन्न सक्दैन । संगठनलाई नयाँ ढाँचा ल्याएर चलायमान बनाउन सक्दैन । त्यस्ता मान्छेबाट संगठन लथालिङ्ग हुन्छ ।
संगठनलाई नयाँ ढाँचामा ल्याउन के गर्नुपर्छ ?
संगठनलाई नयाँ ढाँचामा ल्याउने भनेर मैले बाहिरबाट मान्छे ल्याउने भन्न खोजेको होइन । कांग्रेस भनेको विश्वले पत्याएको पुराना र स्थापित लोकतान्त्रिक पार्टी हो । यसमा हाम्रा पार्टीका त छँदैछन्, त्यसबाहेक कम्युनिस्ट लगायत अन्य पार्टीबाट पनि आउन सक्छन् । लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको हामी सबै मान्छेहरु एक ठाउँमा आउनुपर्छ । जनताको हित र विकास निर्माणको लागि सबैले एकजुट भएर लाग्नुपर्छ । राष्ट्र, राष्ट्रियता र जनहितको लागि सबैको आवाज एउटै हुनुपर्छ भन्ने आजको आवश्यकता हो ।
संस्थापन पक्षले इतरपक्षलाई टिकट वितरणमा एकलौटी ढंगले पेलेकै हो त ?
त्यसरी एकलौटी ढंगले पेलेको पनि म भन्न चाहन्न । यो पाँच वर्षमा आउने चुनाव हो । त्यसमा संस्थापन इतरपक्षका मान्छेको पनि आ–आफ्ना चाहना छन् । संस्थापन पक्षका चाहनाहरु होलान् । पार्टी र जनताबीच लामो योगदान गरिसकेपछि चुनावबेला टिकटको चाहना राख्नु स्वाभाविक हो । आफूले लगानी गरेको ठाउँमा जनप्रतिनिधि भएर सेवा गर्ने इच्छा राजनीतिक नेताको हुन्छ । पार्टी संगठन र जनतामा राम्रो रुझान भएको नेतालाई संस्थापन पक्ष र इतर पक्ष भनेर विस्थापित गर्नुराम्रो होइन ।
महाधिवेशनको इख लिएर अर्को सिद्धान्त, विचार भएको पार्टीसँग चुनाव लड्ने बेलामा पटक–पटक नेपाली कांग्रेसभित्र किन आन्तरिक विवाद हुन्छ ? संस्थापन पक्ष गतिलो नभएर कि इतर पक्ष झगडालु भएर के लाग्छ ?
यो एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । किन भने हामी अधिवेशनका बेला एजेन्डा र कार्यमुखी नभएर नेतामुखी भयौं । एउटै मान्छे सबैलाई मन पर्नुपर्छ भन्ने छैन । कसैलाई एउटा मन परेको हुन्छ, कसैलाई अर्कै मन परेको हुन्छ । त्यसमा एजेन्डा र सिद्धान्तमुखी भएनौं कि स्वार्थमुखी भएर हामीले भोटिङग ग¥र्यौं । चुनावमा एक पक्षले जित्ने अर्को पक्षले हार्ने भइहाल्छ । त्यसरी भोट हालिसकेपछि आमनिर्वाचनका बेलामा महाधिवेशनको इख ल्याएर तेरो पक्ष र मेरो पक्ष भन्न थालियो । टिकट वितरणदेखि सबैमा त्यही आधारमा भागबन्डा गर्न थालियो । त्यो नै विवादको सबैभन्दा ठूलो कडी हो ।
चुनाव लड्नपनि अन्य पार्टीसँग जरैदेखि गठबन्धन गरेर जानुपर्ने गरी कांग्रेस किन दुब्लायो ?
यो गठबन्धनभन्दा पनि सहकार्यता हो । यस विषयमा भन्नुपर्दा आमकार्यकर्ताले चाहिँदै भनिराखेका छन् । इतर पक्षका नेताहरुले गठबन्धन गर्न रुचाएका छैनन् । पार्टी सभापतिलाई पनि गलत पो गरियो कि भन्ने लागेको हुनुपर्छ । उहाँलाई पनि आमकार्यकर्तालाई एकढिक्का बनाएर पार्टी संगठन र चुनावी अभियानमा पठाउन पाए हुन्थ्यो भन्ने लागेको हुनसक्छ । तथापि हाम्रो देश दुईवटा ठूला र विकसित देशको बीचमा छ । अर्को तेस्रो पक्षले पनि यसलाई हेरिरहेको छ । चुनावमा पनि ती देशहरुको प्रभाव पर्न सक्छ । पार्टीका नेतृत्वमा रहेका पदाधिकारीहरुलाई यी सबै कुरालाई एकठाउँमा ल्याएर सहमति गर्नुपर्ने वाध्यता होला । यो गठबन्धनको विषयलाई हिजो कि त पार्टी नेतृत्वदेखि पदाधिकारीले केन्द्रीय समितिबाट सर्वसम्म रुपमा पारित गर्नुहुँदैन थियो । असहमतिमा आ–आफ्नो पक्षबाट कुरा राख्नुपथ्र्यो । अब केन्द्री समितिले बसेर निर्णय गरेर अर्को पार्टीलाई पनि आश्वस्त पारिसकेपछि यसलाई गठबन्धन नभनेर सहकार्यतामा परिणत गर्नुपथ्र्यो । तर, ठाउँहेरि आवश्यक सहकार्य गरेर चुनावमा गएको भए राम्रो हुनेथियो ।
चुनाव जित्ने उद्देश्यले गरिएको गठबन्धनले झन् पार्टीभित्र द्वन्द्व चर्कियो नि अब के गर्ने ?
सहकार्यताको तरिकाले लिएको भए द्वन्द्व हुँदैनथियो । गठबन्धनात्मक हिसाबले गएकाले विवाद भएको हो । किन भने गठबन्धन त्योसँग हुन्छ जोसँग विचार, कार्यक्रम, भोलि हिड्नलाई आफ्नो बाटो पहिल्याउन सक्ने ठाउँ रहन्छ । विचार र विकासका कार्यक्रमहरु मिल्छन् । तर, अरुसँग चाहीं सहकार्यता हुन्छ । गठबन्धन भविष्यका लागि हेरेर गरिन्छ । सहकार्यता भनेको चाहीं एउटा विषयमा एकछिनका लागि गरिन्छ । जस्तो विभिन्न पार्टीबाट आ–आफ्ना एजेन्डा, सिद्धान्त र कार्यक्रममा चुनाव जितेर आउँछन् । तर, सरकार बनाउने बेलामा बहुमत पुग्दैन त्यतिबेला अन्य इच्छुक पार्टीसँग सहकार्य गर्न सकिन्छ । हाम्रो जस्तो विभिन्न समावेसी, समानुपातिक अवधारणा बोकेको संविधान अनुसार एउटै पार्टीले बहुमत ल्याउने अवस्था छैन । यसरी विभिन्न विचार, सिद्धान्त, एजेन्डा बोकेका र विभिन्न कलस्टरबाट आएकालाई एकैठाउँमा ल्याउनका लागि सहकार्य गर्न सकिन्छ । तर, यहाँ सहकार्य गर्नुपर्ने ठाउँमा गठबन्धन गरियो । गठबन्धन गर्दा पनि जरैदेखि होइन कुन ठाउँमा कांग्रेस कमजोर छ, त्यस ठाउँमा गरेर जानुपर्ने हो । किन भने त्यस ठाउँमा पनि कांग्रेसको हाराहारी भोट आउँछ । तर, हाम्रा साथीहरुले जित्न सकेका छैनन् भने त्यस्ता ठाउँमा गठबन्धन गर्नुपर्ने हो । यहाँ त कांग्रेसको भोट बैंक भएको ठाउँमा पनि गठबन्धनका नाममा अर्को पार्टी भित्र्याइएको छ । तर, अब पार्टीले निर्णय गरिसकेपछि त्यसलाई स्वीकारेर जानुको विकल्प छैन ।
त्यसोभए यो गठबन्धन कत्तिको सफल होला त ?
यो गठबन्धन सफल हुने कुरा त हुँदैहोइन । किन भने यसमा नीति, सिद्धान्त, विचार, भोलि हिड्ने बाटो केही पनि मिल्दैन । यो के को लागि गरिएको भनेर हाम्रो सभापतिजीले पनि भन्न सकिरहेको अवस्था छैन । यस विषयमा सभापतिजीको कुरा बाहिर आइरहेका हुन्छन्, ‘एक्लै चुनावमा जाँदा हाम्रो बहुमत आउँदैन, त्यो भयो भने सरकार बनाउन पाइँदैन अनि हंग पार्यायमेन्ट हुन्छ । बरु चुनावमै गठबन्धन गरेर जाऔं भनेर । तर, त्यसमा के विश्वास छ ? उनीहरुले भोलि कांग्रेसलाई सहयोग गरेर जान्छन् भने । देशमा लोकतान्त्रिक पार्टी एउटा कांग्रेस छ, अरु सबै वामपन्थी छन् । अनि उनीहरु त्यहीं हामीसँग जितेको सिट लिएर वामपन्थी जति एक हुनपनि सक्छन् नि ।
अहिले त सबै पार्टी टुक्रैटुक्रा भएर फुटेको बेला कांग्रेस मात्रै सिंगो पार्टी थियो, यो बेलामा हामी एक्लै चुनाव जानुपर्छ भनेर तपाईंहरु जस्ता नेताले केन्द्रलाई पेल्नुपर्दैन ?
यसमा म ७७ वटै जिल्लाको समस्या म भन्छु । जिल्लामा नेतृत्व गर्ने जति पनि साथीहरु हुनुहुन्छ । तीमध्ये पार्टीको संगठनको अवस्था निष्पक्ष ढंगले केन्द्रमा निधक्क राख्न सक्ने एउटा पनि नेता जिल्लामा भएनन् । सबैले आफूलाई पार्टी संगठनलाई भन्दा पनि आफूलाई केन्द्रमा राखेर राजनीति गरे । त्यसकारण हाम्रो नेतृत्व त्यहाँनेर चुक्यो । त्यसले नेता र कार्यकर्तामा वृत्तिविकास भएन । हामीले चाहीं खाली मभन्दा पछाडि आफ्नो को मान्छे अटाउन सक्छु भनेर सोच्यौं । त्यसले नयाँ पिढिमा वृत्तिविकास भएन । त्यसले पार्टी संकुचित हुँदै गयो । ठाउँ सानो बनाइसकेपछि धेरै मान्छे अटाउने कुरै भएन । अहिले हामी पुराना र युवा नेताको कुरा गरिराखेका छौं । पुरानाले राम्रो गरेकै छनन्, युवाले सिक्नै पाएका छैनन् । अनि कसरी युवा नेताले राम्रो गर्छन् । कांग्रेस भनेको क्रियाशील सदस्य मात्रै होइन आम मान्छे हो ।
द्वन्द्वलाई थाति राखेर चुनावमा कांग्रेस एकढिक्का भएर जान नेतृत्वले के गर्नुपर्छ ?
त्यसको लागि नेतृत्वले सबैको भावना समेट्ने गरी समान रुपमा हेर्नुपर्यो । चुनाव जितिसकेपछि पार्टीको सभापति एउटै हुने हो । चुनाव जितिसकेपछि भोट हालेका नहाले सबै सभापति उहाँ हो । उहाँ पार्टीको अभिभाव भइसकेपछि उहाँसँग सबैले भेट्न चाहनु, आफ्ना विचार राख्न चाहनु, नेतृत्व गर्ने कौशल देखाउन चाहनु, आफ्नो क्षेत्रमा प्रतिनिधि भएर सेवा गर्न चाहनु त उनीहरुको आवश्यकता हो नि । त्यो आवश्यकतालाई पहिचान गरी न्यायोचित निर्णय गर्ने नेतृत्वको दायित्व हो । सभापतिजीले त्यसलाई पहिचान गरी जनताको चाहना, भावना र भूगोलको आवश्यकतालाई मध्येनजर गरी समान दृष्टिकोणले हेर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार