छैटौँ घोडा दौड प्रतियोगिता बोहोरा प्रथम
नेपालबहस संवाददाता
असोज १६, २०७९ सोमबार १:४:१
१६ असोज, कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् ।
कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् । प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका हुन्। उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका–१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका–२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई रु पाँच हजार, रु तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताए।
त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका–८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका–१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका–२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएको सहसचिव सुनारले जनाए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार