महन्थका लागि बालकोट महंगो बन्दै, लोसपा सबै दलबाट उपेक्षित
नेपालबहस संवाददाता
असोज १८, २०७९ मंगलबार १३:१३:१५
१८ असाेज, काठमाडौं । गठबन्धनमा सिट बाँडफाँडले औपचारिकता नपाएको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल पनि उस्तै भएको छ । आइतबार र सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएपनि संवाद सार्थक नबनेपछि तालमेल नहुने अवस्थामा पुगेको हो । संवादको क्रममा दुवै पार्टीका अध्यक्ष चुनावी तालमेल नगर्ने निर्णयमा पुगेपनि कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा केही निक्र्योल निस्कन नसकेको स्रोतको दावी छ ।
पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो देखाएको थिएन् । लोसपाले मधेस प्रदेशमा १९ सिट माग गरेको थियो । एमालेले चुनावी तालमेलका लागि चासो नदेखाए पछि सोमबार अन्तिम वार्ता गर्न ठाकुर अध्यक्ष ओली भेट्न बालकोट पुगेपनि ओलीले अल्मल्याएका थिए । अध्यक्ष ओलीसँगको छलफल पछि लोसपा–एमाले गठबन्धनको विषयमा कुनै पनि प्रकृया अघि नबढेको स्रोतको दावी छ ।
टिकट वितरणकै क्रममा एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको बेला जसपाले पनि अन्य दलसँगको सहकार्यलाई खुला गर्ने भएपछि लोसपाप्रति एमालेको आकर्षण कम भएको हो । एमालेले चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने भएकाले त्यसबारेमा बाहिर कुनै पनि धारणा सार्वजनिक गरिएको छैन । गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागवण्डामा सहमति नजुटे त्यस्ता पक्षलाई समेत सहभागी गराउने एमालेले योजना बनाएको स्रोतले जनाएको छ ।
अहिलेसम्म गठबन्धनदलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन । एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको हो । राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन । समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लगाउने तयारी गरेको छ । शुरुमा लोसपासँग सहकार्य गर्ने इच्छा जनाएको एमालेले पछिल्लो पटक त्यति रुची नगर्नुले लोसपाका लागि घातक देखिएको छ ।
गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिने संकेत गरेसँगै सिट बाँडफाँडमा असन्तुष्टि देखिए लगत्तै जसपा र लोसपा मिल्ने आँकलन गरिएको थियो तर जसपाले लोसपासँगको सहकार्यलाई पनि रुची दिएको छैन । सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेपछि कम्तीमा १५ सिटको दावी गर्दै आएको जसपाले अन्य दलसँग पनि गठबन्धन गर्ने विकल्प खुला राखेपछि यस्तो आँकलन गरिएको थियो ।
पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्याय गर्न लागिएको भन्दै असन्तुष्ट बनेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेर बाहिरिने संकेत गरेका थिए । त्यसको लगत्तै जसपाको बैठकले सिट बाँडफाँडमा आफूहरु सन्तुष्ट हुन नसकेको जनाउदै अन्य दलसँगको सहकार्यलाई विकल्प खुला राखेका कारण दुई पक्ष मिल्ने आँकलन गलत सावित हुन थालेको छ । यद्यपि राजनीतिमा सबै विकल्प खुला हुन्छन भन्ने विषय भने कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार