प्रचण्डले गोरखाबाट उम्मेदवारी दिन्छन कि चितवनबाट ? कुन क्षेत्र सुरक्षित छ ?
नेपालबहस संवाददाता
असोज १९, २०७९ बुधबार १२:३५:२३
१९ असोज, काठमाडौं । आफू देशभरको नेता भएको बताउदै आएका माओवादी अध्यक्षको कुनै एक निश्चित निर्वाचन क्षेत्र छैन । विगतमा रोल्पा, काठमाडौ, सिराह र चितवनबाट चुनाव लडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक पनि अर्को जिल्लामा पुगेर चुनाव लड्ने मनशाय व्यक्त गरिरहेका छन् । गोरखा २ मा बाबुराम भट्टराईले छाडेसँग प्रचण्ड जाने हल्ला चलिरहेको छ । तर प्रचण्ड स्वंयले भने केही बताएका छैनन ।
प्रचण्डले भने आफू कुन क्षेत्रबाट उठ्दा सजह हुन्छ भनेर घोत्लिरहेका छन् । ‘उहाँले अहिलेसम्म मुख खोल्नु भएको छैन सायद २२ गते मात्रै थाह हुन्छ होला’, माओवादीका एक नेताले भने । तर चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आसन्न निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन् ।
मंगलबार बसेको गठबन्धनको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै चितवनबाटै उम्मेदवारी दिन आग्रह गरेका छन् । ‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ,’ बैठकको निर्णयमा उल्लेख छ।
डा. बाबुराम भट्टराईले यसपालि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन नलड्ने घोषणा गरेलगत्तै प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको चर्चा चुलिएको थियो। नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरूले प्रचण्डलाई जिल्ला नछाड्न सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका थिए। मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो।
बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका कृष्णराज न्यौपाने ‘लब्ली’, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहभागी थिए । पार्टीबाट अन्य व्यक्ति उम्मेदवार हुनुभन्दा प्रचण्ड हुँदा नै निर्वाचन जित्न सहज हुने र जिल्लालाई पनि तुलनात्मक रूपमा फाइदा हुने बुझाइ सबै दलको रहेको छ ।
बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रममन्त्री घनश्याम दाहाल, राष्ट्रिय सभाका सदस्य नारायणप्रसाद दाहाल लगायतको पनि उपस्थिति थियो । निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै चितवन ३ भन्दा सुरक्षित क्षेत्र गोरखा २ रहेको बताएपछि प्रचण्डले प्रतिनिधि सभा चुनाव लड्ने इच्छा व्यक्त गरेको स्रोतको दावी छ ।
भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन् । भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ । तर प्रचण्डले अन्तिम निर्णय नलिएका कारण नारायणकाजी श्रेष्ठले पनि सोही क्षेत्रलाई आँखा लगाएको स्रोतको दावी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार