आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी : गहुँ, मकै पिसानी गर्न छैन दुःख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १९, २०७९ बुधबार २३:२८:३
![](https://nepalbahas.prixacdn.net/media/albums/dhunik-_X2MoevWBSg.jpg)
जितेन्द्र थापा
१९ असोज, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका-३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे ।
तर, अचेल उनको दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दुःख छैन । गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवर्ता आएको हो । ठाटीकाँध-३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन । कुम्लोकुटिरो बोकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियो । घट्टमा भीड हुन्थ्यो ।
अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका-३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन् । अहिले आधा-एक घण्टामै घट्ट पिस्ने सुविधा छ ।
उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन् ।
ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र ३० केजी पिसेबापत तीन कुरुवा अन्न कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार