महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, ४ ठाउँवाट मतगणना हुने
नेपालबहस संवाददाता
असोज २१, २०७९ शुक्रबार १९:४०:४७
♦ विशाल बस्नेत
२१ असोज, महोत्तरी । आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।
यस अघीका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएतापनी आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको बिस्वास छ ।
निर्वाचनलाइ भयरहित वातावरणमा समपन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भैइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोध कुमार महतोले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यातालिकाअनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागीपरेका छन ।
निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ वजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखी ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ ।
२५ असोजमा उजुरीका विरुद्ध छानबिन तथा निर्णय गरि नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समयसिमा निर्धारण गरिएको छ ।
२६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछी सोही दिन १ बजेदेखी उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछी दल तथा स्वतन्त्र उम्मेदवारहरु ४ मंसिरको तयारीमा जुटनेछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार