गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगे
नेपालबहस संवाददाता
असोज २१, २०७९ शुक्रबार २१:१४:५३
२१ असोज, काठमाडौं । पार्टी दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’का नेताहरु बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहदाँ आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।
शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टिम गठबन्धनसँग चुनावी तालमेलका लागि बालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ ।
बिहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी ‘जसपा’का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् ।
सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच विहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार