ओली सरकार ढालेको रिस टिकट वितरणमा, रावलदेखि भूसाल सम्मलाई राजनीतिमा रोक्ने प्रयास
नेपालबहस संवाददाता
असोज २२, २०७९ शनिबार १६:१४:३४
२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहमा लागेर आफ्नो सरकार ढाल्न सहयोग गर्नेहरुलाई प्रत्यक्षमा टिकट नदिई प्रतिशोध साँधेका छन् । आम निर्वाचन– २०७९ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा ‘१० बुँदे’ पक्षधर नेताहरु मध्ये कतिपयलाई प्रतिशोध साँधेर टिकटमा बद्ला लिएका हुन् ।
अध्यक्ष ओलीले १० बुँदे पक्षधर एमाले नेताहरुलाई आगामी निर्वाचनमा भीम रावलबाटै प्रतिशोध साँधन शुरु गरेका हुन् । आगामी निर्वाचनपछि भिम रावलले संसदीय दलको निर्वाचनमै अप्ठेरो पार्ने अवस्था देखेपछि अछाममा माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएर रावललाई ठिक लगाएका छन् । रावलले चितवन सम्पन्न १० औं महाधिवेशनमा ओलीलाई चुनौति दिएका थिए ।
आफ्नै गृहजिल्ला झापाका लागि तय गरेको उम्मेदवार सूचीलार्य हेर्दा पनि ओलीले आफू अनुकुलका नेताहरुलाई अघि सारेका छन् । झापा– १ मा ओलीले पूर्व कानूनमन्त्री एवं महान्यायाधिवक्ता अग्नि खरेललाई प्रत्यक्षतर्फको टिकट दिने तयारी गरेका छन् । झापा– २ मा राष्ट्रिय सभाका पूर्व सांसद देवराज घिमिरेलाई उम्मेदवारका रुपमा खडा गर्ने तयारी गरेका छन् । झापा– ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने निर्णयमा ओली पुगिसकेका ओलीले छन्। झापा– ४ मा निवर्तमान सांसद लालप्रसाद साँवा लिम्बूलाई यसपटकपनि उम्मेदवारीका लागि टिकट दिने भएका छन् ।
झापा– २ की निवर्तमान सांसद पवित्रा खरेल निरौलालाई साइजमा राख्न घिमिरेलाई टिकट दिइएको हो । उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिकी निवर्तमान सभापति समेत हुन् । निवर्तमान सांसद निरौला एमालेभित्र ‘१० बुँदे’ पक्षधर नेताको रुपमा चिनिन्छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर अभियानमा एमालेका १० बुँदे पक्षधर केही नेता सहभागी भएपनि निरौलाले भने हस्ताक्षर गरेकी थिइनन् । विभाजनपूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेतृका रुपमा चिनिएकी उनी नेपालले एमाले विभाजन गरी ‘एकिकृत समाजवादी’ गठन गर्दा त्यसमा पनि सक्रिय थिइनन ।
यसपटक ओलीले घनश्याम भुसाललाई पनि टिकट नदिने भएका छन् । चितवनमा कृष्ण पोखरेलले टिकट पाइसक्दा सुरेन्द्र पाण्डेको टिकट अझै अलमलमा रहेको छ । ताप्लेजुङमा रहेका एमाले सचिव योगेश भट्टराईको भने टिकट कन्फर्म भैसकेको छ । कैलालीमा १० बुँदे पक्षधरका झपट रावल र ओखलढुंगामा यज्ञराज सुनुवारले टिकट पाएका छन् । कैलालीमै १० बुँदे पक्षधरका द्धारिका न्यौपानेले टिकट पाएका छन् ।
यसैगरी गोकर्ण विष्ट, सुरेन्द्र मानन्धरको अझै टुंगो छैन । सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङलाई टिकट दिइएको छ । त्यसैगरी कञ्चनपुरमा दिपक भट्टलाई रोकेर निरु पाललाई टिकट दिइएको छ । सिन्धुलीमा गणेश पहाडी रोकिएका छन् भने बर्दियामा लक्ष्मण ज्ञावालीलाई टिकट दिएर १० बुँदे पक्षधरलाई रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार