सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल
नेपालबहस संवाददाता
असोज २२, २०७९ शनिबार १६:३९:२
२२ असोज, बुटवल । सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्दैको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ ।
त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।
त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र कांग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ क मा नेपाली कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा क लोसपा र ख कांग्रेसको भागमा परेको छ ।
रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ । त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।
रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ ।
दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र कांग्रेसले पाएको छ । त्यस्तै दाङ ३ मा प्रदेशतर्फ क कांग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।
बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क कांग्रेस र ख माओवादी केन्द्रले पाएको छ । नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’ –१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’–२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई निल गराएर चुनाव हुन्छ त ? भनेर प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार