रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने
नेपालबहस संवाददाता
असोज २२, २०७९ आइतबार १:३४:१३
२२ असोज, बुटवल । २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
तिलोत्तमामा मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरी नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए ।
उनै घिमिरेलाई रुपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए ।
“क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने–“अव जितका लागि तयारी गर्दै छु ।” यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टाई उम्मेदवार बन्न्े चर्चा थियो । उनी एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार