कैलालीको भजनीका विभिन्न वडामा बाढी, ५ सय बढी मानिस विस्थापित
नेपालबहस संवाददाता
असोज २२, २०७९ आइतबार १:४०:२२
मोहन जोशी
२२ असोज, धनगढी । असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएका उनले बताए ।
जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका कम्तिमा १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तिमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।
यसैगरी भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिव ४० घर डुवानमा परेका छन् । तर त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।
यसैगरी भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा कम्तिमा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए । यसैगरी वडा नम्बर– ३ मा आकासे पानी जमेर कम्तिमा ८० घर डुवानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रबक्ता जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार