समानुपातिकतर्फको बन्दसूची आज राति १२ बजेसम्म सार्वजनिक गरिने
नेपालबहस संवाददाता
असोज २२, २०७९ आइतबार २:३१:१
२२ असोज, काठमाडौं । निर्वाचन आायोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फको बन्दसूची आज रातिसम्म सार्वजनिक गर्ने जनाएको छ। शनिबार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने बताए। उनले शनिबार साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भने पनि केही कारणवश ढिलाइ भएको जानकारी गराए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभातर्फ ४८ वटा दलका दुई हजार चार ३६ जना उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए। त्यस्तै, प्रदेश १ मा ३६ वटा दलका ६ सय ६१ जना समानुपातिकतर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका नौ सय ४८ जना उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८ सय २५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका तीन सय ६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६ सय ५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका दुई सय २२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका तीन सय ७६ उम्मेदवारसहित ६ हजार चार सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिकतर्फको अन्तिम नामावलीमा नाम समावेश भएका कोही पनि उम्मेदवारलाई प्रत्यक्षतर्फ उठ्न नपाउने व्यवस्था भएकाले दुवैतिर उठ्छु भन्ने भ्रम नपाल्न आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार