आरन चलाएर जीविकोपार्जन गर्दै विष्णु लुहार
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १३:३१:२
२३ असोज, बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिन्छन, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार ।
उनले आरनको काम गर्छन । उनले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन् । उनी घरबाट बिहानै आरनमा आउछन र बेलुका राति मात्रै घर फर्किन्छन । आरनमा उनलाई काम गर्न भ्याइनभ्याई छ । यही पेसाबाट उनले छोरा–बुहारी, नाति नातिनासहित १० जना परिवार पालेका छन् । “आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ”, उनले भने, “घरखर्च पनि राम्रै चलेको छ ।”
उनलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ । उनका बुबा पनि आरनकै काम गर्थिए । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिके, उनले भने । अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पालिररहेका छन् । विष्णुका बुबा विसं २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए । बचालमा आरन चलाउने उनीहरुले तराई ‘बनगाउँ’ मा पनि त्यही काम थाले । बुबालाई आरनमा सघाउने उनले पहाडमै काम सिकिरहेका थिए । तराईमा बुबासँग काम गर्दा उनी झनै काममा निपुण भए ।
विष्णुले सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो । त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिए । “अरू काम गर्नका लागि पढेको थिएन । कि त भारत नै जानु पथ्र्यो । तर म भारत गइनँ”, उनी भन्छन, “बुबाको कामलाई नै निरन्तरता दिए । काम गर्दै जाँदा कृषकहरुले पनि काम मन पराए ।” बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो । त्यसैले उनले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन ।
उनीसँगैका साथीहरु कामका लागि अहिले पनि भारतमा छन् । उनी स्वदेशमा नै पौरख गरिररहेका छन् । उनी भन्छन, “भारतमा गएर मैले पनि १३ दिन काम गरेँ । तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ ।” फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरुलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उनी बताउछन । भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको ।
आरनबाट हुने कमाईमा उनी सन्तुष्ट छन । “कहिले दिनमा एक÷दुई हजार । कहिले पाँच÷छ सय कमाई हुन्छ । कृषकहरुले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्”, उनले बताए । उनले छोराहरुलाई पनि रोजगारीमा लगाउनु भएको छ । एक छोराका लागि अटो किनि दिएका छन्, भने अर्का छोरालाई खेतीपातीको काममा लगाएका छन् । विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्छन ।
आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरु आउने गरेको उनी सुनाउछन । “टाढाटाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउछन”, उनी भन्छन, “आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जान्छन ।” काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ ।
जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ । “धेरै काम आइरहेको छ । तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,” उनले भने, “जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन ।”रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार