आयोगले निर्वाचन आचारसंहिता पालना भए-नभएको बारे सूक्ष्म अनुगमन गर्ने
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १६:४५:१३
२३ असोज, कञ्चनपुर । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता २०७९ को पूर्ण रुपमा पालना भए÷नभएको बारे निर्वाचन आयोगले सूक्ष्म रुपमा अनुगमन गर्ने भएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा शनिबार साँझ आयोजित आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले निर्वाचन आचारसंहिता पालना भए÷ नभएको बारे अनुगमन गर्नका लागि निर्वाचन आयोगले गोप्य रुपमा टोली खटाउने भएको बताए ।
“आयोगले खटाउने टोलीले गोप्य रुपमा अनुगमन गर्छ”, उनले भने, “टोली आएको बारे हामीलाई पनि थाहा हुँदैन, आचारसंहिता उल्लङ्घन गरेको पाइए नियमानुसार कारबाही हुन्छ ।” उनका अनुसार जिल्लाबाट समेत आचारसंहिता पालना गरे÷ नगरेको बारे अनुगमन हुने बताए ।
“निर्वाचनलाई निष्पक्ष, भयरहित र सौहाद्र्र वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरेका छौँ”, उनले भने, “निर्वाचनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक छ ।” राजनीतिक दलसँग छलफल गरेर नै निर्वाचन आयोगले आचारसंहिता बनाएकाले आचारसंहिताको पालना गर्नुको विकल्प नरहेको उहाँले बताए ।
छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका पार्टी प्रतिनिधि लालबहादुर सिंहले आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।
नेकपा ‘माओवादी केन्द्र’का लोकेन्द्रबहादुर ऐरीले यसअघिका निर्वाचनमा जारी गरिएको आचारसंहिता पालना गरिएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा समेत जारी आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि प्रतिबद्ध रहेको बताए ।
छलफल कार्यक्रममा मनोनयन गर्दा गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी, मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्दा प्रस्तावक, समर्थक, पार्टीको जिम्मेवार व्यक्ति र उम्मेदवार मात्रै प्रवेश गर्ने सहमति भएको छ । भीडभाड नगरीकनै मनोनयन दर्ताको कार्य सौहार्द्र वातावरणमा सम्पन्न गर्ने राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मनोनयन गर्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । राजनीतिक दलहरुलाई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयले दलका प्रतिनिधिको रायका आधारमा समय निर्धारण गरेको छ ।
मुख्य राजनीतिक दलहरुले दिउँसो १२ बजेपछि मात्रै मनोनयनका लागि समय माग गरेका छन् । मनोनयन गर्न आउँदा ल्याउनुपर्ने कागजपत्रका बारे समेत पार्टी प्रतिनिधिलाई कार्यक्रममा जानकारी दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार