उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १७:५९:१८
२३ असोज, बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ । सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो ।
सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ । सो पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा ‘एमाले’ र नेकपा ‘एकीकृत समाजवादी’लाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउसो ३ बजे, नेकपा ‘माओवादी केन्द्र’लाई ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजेको समय उपलब्ध गराएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताए । “स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्”, उनले भने । बैतडीमा प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेशसभातर्फ दुई क्षेत्र कायम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार