काठमाडौंमा रहेका उम्मेदवार टिकट पाएसँगै जिल्ला फर्किए
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १८:७:३
२३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको तयारीमा जुटेका छन् । यसअघि काठमाडौंमा रहेका अधिकांश उम्मेदवार टिकट पाएसँगै जिल्ला फर्किसकेका छन् ।
सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयले कर्णालीका १० वटै जिल्लामा निर्वाचन आयोगले तोकेको समय सीमाभित्र मनोनयन दर्ताका लागि तयारी पूरा भएको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वर्षात्का बीच निर्वाचन अधिकृतका कार्यालयले मनोनयन दर्ता प्रक्रियालाई व्यवस्थित गर्न जुटिसकेको बताए ।
आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । कर्णालीमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ निर्वाचन क्षेत्र छन् । यस प्रदेशका सुर्खेत र दैलेखमा मात्र प्रतिनिधिसभाका दुई÷दई क्षेत्र छन् । प्रतिनिधिसभाका १२ वटै क्षेत्रमा यसअघि नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।
कर्णालीमा सत्तारुढ गठबन्धनका मुख्य दल नेपाली कांगे्रस, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘एकीकृत समाजवादी’ का साथै नेकपा ‘एमाले’ र राप्रपाका उम्मेदवार मनोनयन दर्ता गर्ने तयारीमा छन् । सुर्खेत क्षेत्र नं १ मा कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, एमालेबाट पूर्व सांसद ध्रुवकुमार शाही, क्षेत्र नं २ मा कांग्रेसबाट पार्टीका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी र एमालेका जिल्ला अध्यक्ष अमृतकुमार विसीले मनोनयन दर्ता गर्दै छन ।
दैलेख–१ मा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा र राप्रपाका महामन्त्री कुन्तीकुमारी शाही तथा २ मा कांग्रेसका दिक्पाल शाही, एमालेका लक्ष्मीप्रसाद पोखेरलको मनोनयन दर्ता हुँदैछ ।
सल्यानमा गठबन्धनका तर्फबाट एीककृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, एमालेका राजेन्द्रवीर राई, रुकुमपश्चिममा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, एमालेका नन्दलाल शर्मा, जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, एमालेका निरज आचार्य, कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र एमालेका नगिन्द्र शाही, हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा ‘कार्चेन’ एमालेका दल रावल, मुगुमा कांगे्रसका ऐनबहादुर शाही र एमालेका राजु कार्की, डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा र एमालेका गणेशबहादुर शाहीले मनोनयन दर्ता गर्दै छन ।
जुम्लामा माओवादी केन्द्रकोतर्फबाट मनऋषि धिताल र गोमा गौतम कुँवरमध्ये एक जनाको उम्मेदवारी दर्ता हुनेछ । जुम्लामा एमालेका रतननाथ योगी र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पनि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण उपस्थित हुन नसक्ने उम्मेदवारका हकमा आधिकारिक प्रमाणपत्रसहित वारेसनामामार्फत मनोनयन दर्ता गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार