लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताहरुले उम्मेदवारी दिँदै
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १८:४३:५२
२३ असोज, काठमाडौं । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुंग्याएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लागिसकेको छ ।
सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिने भएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिनदिँदै छन् । लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिस भएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिँद छन् ।
उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बन्ने भएका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिस भएका छन् । त्यस्तै सरतसिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिद्यै छन् । सप्तरी क्षेत्र २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउँदै छन् ।
उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले टिकट पाएका छन् । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ । यता जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिएको जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए ।
जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार दिँदै छन् । पूर्वमन्त्री राजकिशोरले यादव सिरहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउँदै छन् । अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस भएकी छन् ।
उनी सिरहा–३ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवारी दिँदै छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिएका छन् ।
त्यसैगरी संघीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिने छन् । महोत्तरी क्षेत्र ४ बाट डा सुरेन्द्र यादवले टिकट पाएका छन् । जसपाले नेकपा (एमाले)सँग तालमेल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार