राप्रपाका उम्मेदवार दीपकले पाए एमाले र जसपाको समर्थन
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:४१:३८
२३ असोज, रुपन्देही । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल ‘जसपा’ गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित भएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ ‘क’बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।
क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बोहराको प्रतिस्पर्धा गृहमन्त्री तथा कांग्रेस नेता खाणसित हुन लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार