सुदूरपश्चिमका नौ वटै जिल्लामा कहाँ कति मतदाता ?
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:५३:३७
२३ असोज, महेन्द्रनगर । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले यहाँका १६ वटै प्रतिनिधि र ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको तयारी पूरा भएको जानकारी दिए।
“अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताका लागि आएका छैनन् ।” उनले भने–“ निर्वाचन कार्यालय तयारी अवस्थामा छन् ।” सुदूरपश्चिमको डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन दर्ता हुनेछ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताले मतदान गर्ने पाउनेछन् ।
प्रदेश निर्वाचन कार्यालय अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।
त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ जना, डडेल्धुरामा ९१ हजार २०१, एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार ६ सय ५७ मतदाता छन् ।
मनोनयन दर्ताका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू दार्चुला पुगिसक्नु भएको छ । त्यसैगरी पूर्वमन्त्री तथा विभिन्न पार्टीका केन्द्रीय नेताहरु मनोनयनका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने क्रम जारी रहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार