कांग्रेसमा चुलियो विवाद, स्वतन्त्र उम्मेदवारी दिने बढ्दै
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २०:५९:५२
२३ असोज, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आइतबार हुँदैछ । देशका एक सय ६५ प्रतिनिधिसभा र प्रदेश सभाको तीन सय ३० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।
मनोनयन दर्ताअनुसार अहिलेसम्म प्रत्येक पार्टीमा असन्तुष्टि उत्पन्न भई स्वतन्त्र र बागी उम्मेदवारी दिने लहर चलेको छ । जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ ।
पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् ।
अहिलेसम्म पाँच नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ र अजय द्विवेदीले पर्सा १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र राय यादवलाई टिकट दिएको छ ।
उता, प्रधानमन्त्री पत्नी आरजु देउवाले छाडेको कैलाली ५ मा नेपाली कांग्रेसका दुई नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली–५ मा पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई नेताले कैलाली–५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ । कैलाली–५मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार