भक्तपुरमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २१:५२:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/durlap_L7kFlsY9zR.jpg)
२३ असोज, भक्तपुर । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज भक्तपुर क्षेत्र नं १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सुरु भएको छ ।
बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गराउने समयावधि रहे पनि भक्तपुर नगरपालिका दरबार स्क्वायरस्थित पुस्तकालयमा रहेको भक्तपुर क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा र मध्यपुरथिमि बोडेस्थित कृषि विकास तालिम केन्द्रको भवनमा रहेको क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा १२ बजेपछि मात्रै उम्मेदवारी दिनेको चहलपहल सुरु भएको थियो ।
त्यसैक्रममा नेकपा ‘एमाले’का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराए । बिहान ११ः३० बजेमध्यपुर थिमिको शङ्खधर चोकमा भेला भई बालकुमारी, पुरानो थिमि, बाहखा बजारहुँदै बोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेको क्षेत्र नं २ निर्वाचन कार्यालयमा पुगेर १ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता बस्नेतले विगत पाँच वर्षमा आफ्नो पहलमा भक्तपुरको विकासले फड्को मारेको बताउँदै अबको पाँच वर्ष विकास, कृषि, सीप विकास र युवा रोजगारीको कार्यक्रमलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए । उनीसँगै एमालेको तर्फबाट बागमती प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ ‘क’ किरण थापा र ‘ख’ मा चन्दनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेस सभापति दुर्लभ थापाले उम्मेदवारी दर्ता गराए । दिउँसो २ बजे शङ्खधर चोक थिमिबाट ¥यालीसहित गएको गठबन्धनको टोली बोडे पुगेर ३ बजे उनले उम्मेदवारी दर्ता गराएको हो ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भक्तपुरको विभेदरहित विकास, भ्रष्टाचारको नियन्त्रण र जनताको चाहनालाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनीसँगै बागमती प्रदेशसभाका लागि भक्तपुर क्षेत्र नं २ ‘क’ मा कांग्रेसका नेता विष्णुराज कार्की र ‘ख’ मा नेकपा समाजवादीका राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा नेकपा ‘एमाले’को तर्फबाट प्रतिनिधिसभा सदस्यमा नवराज गेलालले उम्मेदवारी दर्ता गराएका छन् । कमलविनायकबाट आएको ¥याली भक्तपुर नगरपालिकास्थित जनज्योति पुस्तकालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गेलालले उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै एमालेबाट भक्तपुर क्षेत्र नं १ ‘क’ मा नारायणसुन्दर शिन्ताकल र ‘ख’ मोहनवीर श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।
गठबन्धनको तर्फबाट भने भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेकपा ‘माओवादी केन्द्र’ का नेता सुनिल वासु गोठेले उम्मेदवारी दर्ता गराएका छन् । कमलविनायकबाट आएको गठबन्धनको ¥यालीसहित गोठेले उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै गठबन्धनका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा भक्तपुर क्षेत्र नं १ ‘क’ बाट नेपाली कांग्रेसका नेता सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराए । अन्य दल र स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गराउने कार्य जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार