लोसपालाई समर्थन गर्दै गृहमन्त्री खाणले दिए उम्मेदवारी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २१:५८:२२
♦ मोहम्मद हबिब
२३ असोज, भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरीएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदावरी दर्ता गराएका हुन् ।
समर्थकहरुसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
खाँणको प्रतिष्पर्धाको रुपमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा सहितको उम्मेदवार छन । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा रहेकी छन् ।
यस्तै प्रदेशसभा तर्फ ३ क मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेशसभा तर्फ ३ ख बाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजबादी, लोसपा र जनमोर्चा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार