सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २२:४९:१०
♦ सुधा देव
२३ असोज, सप्तरी । सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ‘सिके राउत’को उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।
यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी(२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।
राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार