आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २२:५६:१३
२३ असोज, काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमबल ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलब ३८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलब ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलब २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आइतबारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।
नबिल बैंक रु तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक नौ दशमलब ९५, उपकार लघुवित्त नौ दशमलब ८४, गुह्यश्वरी मर्चेन्ट बैंक आठ दशमलब ७०, मितेरी डेभलपमेन्ट बैंक आठ दशमलब २३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलब ९७ प्रतिशतले कमाएका छन् ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलब ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलब ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलब ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलब ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलब ८० प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार
एयर बेलुनबाट दृश्यावलोकन
मंसिर ७, २०८१ शुक्रबार