गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १५:१६:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/guras-life_WJKIen4oUJ.jpg)
२५ असोज, काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुधबार असोज २६ गते बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । सभामा युनियन लाइफ र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा छ ।
साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार