तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार ११:१८:२६
आजको पात्रो : २५ असोज २०७९, मंगलबार । तद्नुसार अक्टोबर महिनाको ११ तारिक २०२२ । कार्तिककृष्णपक्ष द्धितीया, तैतिल करण, अश्विनी नक्षत्र, हर्षण योग, चन्द्रमा मेष राशीमा रहेको छ । आज विहान सूर्योदय ६ः०९ मिनेटमा र सूर्यास्त ५ः४० मा हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ । आजको देवता भग, ग्रहदेव सूर्य रहेको छ । मंगलबारको दिन गणेश र हुनमानको साधना गर्दा उत्तम हुनेछ । आजको दिन ब्यापार ब्यबसायमा समय दिनुभएमा उत्तम हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशी भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने र आर्थिक व्याय हुने देखिन्छ । बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान मंगलबारको दिन खरिद नगर्दा राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईको सोचअनुसार काम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- आजको दिन अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मनमा प्रसन्नता छाउने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार ब्यबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । त्यसैले आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । विहान उठेर सूर्यनारायणको दर्शन गर्नुहोला । आजको दिन तपाईले गरेका कामका सफलता मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नैं शुभ हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते):- समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ र श्रेष्ठ ब्यक्तिलाई जानकारी दिएर मात्र काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आज तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- मकर राशीका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आर्थिक हानी समेत हुनसक्छ । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग सम्बन्ध विस्तार हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला । मीन राशीका जातकले मंगलबारको दिन कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन शैक्षिक कार्यको शुरुवात गर्न सकिन्छ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार