राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड मुद्दती निक्षेपका रुपमा लगानी गर्ने
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १७:०:२१
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।
मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि बुधबार’२६ असोज’ राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ । यस्तो लगानी आउँदो कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार