ज्योतिष नक्षेत्र अनुसार २०७९ को आम निर्वाचन ओली र देउवाका लागि साढेसात सरह !
केदार भट्टराई (काका)
असोज २५, २०७९ मंगलबार २०:३४:४९
२५ असोज, काठमाडौं । ज्योतिष विज्ञानले किटान नगरेपनि आगामी मंसिर ४ का लागि तय गरिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुदूरपूर्व र सुदूरपश्चिमबाट नियमित चुनाव जित्दै आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हाल प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि साढेसातीभन्दा पनि खतरा देखिएको छ ।
एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट लगातार सातौं पटक संसदीय चुनावमा भाग लिइरहेका छन् भने हालका प्रधानमन्त्री देउवा पनि सातौँ पटक चुनाव लड्दैछन् । स्थानीय र ज्यातिष विज्ञानमा आस्था राख्नेहरुले यसलाई साढेसातको दशाभन्दा खतरा रहेको अनुमान गरेका छन् । यसको आधार भने उनीहरुसँंग प्रतिस्पर्धा गर्न आएका अन्य उम्मेदवार र उनीहरुले गरेको विगतको कामलाई लिइएको छ ।
२०४८ सालयता लगातार चुनाव लड्दै आएका ओलीले मंसिर ४ को आगामी चुनावमा भारी मतका साथ जीत हासिल गर्ने दाबी गरेका छन् । देउवाको पनि भारीमतले विजयी हुने अपेक्षा रहेको छ । दुवै साढेसाती पूर्वप्रधानमन्त्रीहरु छुट्टाछुट्टै गठबन्धनमा समेत रहेका छन् ।
ओलीले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट चुनाव लडेका थिए । उक्त तीन वटै निर्वाचनमा ओली निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भए । त्यसबेला उक्त क्षेत्र झापा ७ थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए ।
त्यसबेला लिङ्देनले १६ हजार ९९ मत पाएका थिए भने पराजित ओलीले १४ हजार ९ सय ५९ मत पाएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओली निर्वाचित भए । क्षेत्र नं. ७ नै रहेको उक्त निर्वाचनमा ओलीले कांग्रेसका स्थानीय नेता सुरेश सुब्बा, राप्रपाका राम थापा तथा माओवादी नेता गोपाल किराँतीलाई पराजित गरेका थिए । निर्वाचन क्षेत्र हेरफेरपछि झापामा ७ बाट ५ वटा क्षेत्र निर्धारण गरिएको थियो । ०७४ को निर्वाचनमा झापा ५ बाट चुनाव लडेका ओलीले सर्वाधिक मत प्राप्त गर्दै जीत हासिल गरेका थिए ।
उक्त चुनावमा बाम गठबन्धनको उम्मेदवार बनेका ओलीलाई राप्रपाको समेत सहयोग थियो । त्यसबेला ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए भने कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । यसपटक पनि झापा ५ मा एमालेबाट ओली र गठबन्धनबाट कांग्रेसका खगेन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । यसपटक कांग्रेसका अधिकारीलाई माओवादी केन्द्रसहित गठबन्धनको सहयोग छ ।
यता, हालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट उमदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीले यो समाचार तयार पार्दासम्म आधिकारिकता पाएको छैन् । कारण उनको नागरिकतामा भएको जन्ममिति र मतदाता परिचयपत्रमा भएको मिति मिलेको छैन । यसको निर्णय निर्वाचन आयोगले गर्ने भएपनि सत्तारुढ गठबन्धनको निर्णयअनुसार गर्न आयोग तयार भएको बताइएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यस यताका सबै आमनिर्वाचनहरुमा उनी निर्वाचित हुँदै आएका छन् । उनले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने बुझिएको छ ।
कांग्रेसबाट लगातार ६ पटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सातौं पटकका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन् । विगतमा सहज जीत निकाल्दै केन्द्रमा धाउने गरेका देउवालाई यसपटकको निर्वाचनमा उनले नै राजनीतिमा ल्याएका कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण मल्ल चुनौती बन्न सक्ने आंकलन गरिएको छ ।
देउवालाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सघाउदा कर्ण मल्ललाई एमालेले समर्थन दिएको छ । कर्ण मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति पनि हुन् । २०७४ को निर्वाचनमा उनले कांग्रेसबाटै डडेल्धुराबाट प्रदेशसभा निर्वाचन जीतेका थिए । यसका साथै प्रधानमन्त्री देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका गुल्मीका युवा सागर ढकालले पनि डडेल्धुराबाटै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार