गौतम बिरुद्ध राठौरको उजुरीः बर्दिया कांग्रेसमा लफडा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_JRQbkemgWl.jpeg
)
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार २०:५४:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/sanjay-arunkishor_9bUfKM03P9.jpg)
♦ दीपक शर्मा
२५ असोज, बर्दिया । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा बर्दियामा एउटै पार्टीबाट दुईजनाले मनोनयन दर्ता गराएपछि कार्यकर्ता माँझ अन्यौलता छाएको छ ।
बर्दिया क्षेत्र न १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य संञ्जय गौतम र जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले मनोनयन दर्ता गराएपछि बर्दिया कांग्रेसमा अन्यौलता मात्र छाएको छैन, गठबन्धनमा रहेका अन्य दलहरु पनि झस्किएका छन । यसले निर्वाचनमा असर पार्ने ती नेताहरुको भनाई रहेको छ ।
असोज २३ गते मनोनयन दर्ता गराउने क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले पार्टीको आधिकारिक उम्मेदवार आफु भएको भन्दै मनोनयन दर्ता गराएका थिए । केहीबेर पछि कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले पनि उमेदवारी दर्ता गराएका थिए । उनले पनि पार्टीको आधिकारिक उमेदवार आफु भएको बताएका थिए ।
यसैबीच राठौरले आधिकारिक उमेदवार आफु भएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको निर्वाचन क्षेत्र न १ का निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले बताए । उनले भने आधिकारिकताको विषयमा छलफल भैरहेको छ । यसरी एउटै पार्टीबाट दुईजनाले उमेदवार दर्ता गराउँदा दुवै पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार प्रसार पनि तीव्र पारेका छन ।
नेपाली कांग्रेस स्रोतका अनुसार टिकट वितरणमा अरुण प्रकाशसिंह राठौरलाई पहिले टिकट दिइएको तर विवाद भएपछि संञ्जय गौतमलाई दिइएको बताइएको छ । तर दुवैजनासँग पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रसमेत रहेको छ । यसरी एउटै पार्टीबाट दुई जनालाई टिकट दिइएको विषयमा नेपाली कांग्रेस बर्दिया समेत अचम्ममा परेको छ ।
निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा २९ सँग सम्बन्धित मनोनयन पत्र दर्ता भएको उम्मेदवारको नामावलीमा कांग्रेसबाट संजय गौतमको नामसहित १० जनाको नाम प्रकाशित गरेको छ।
तर कार्यालयले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएकाहरुको कम्प्युटर लिष्टमा राठौरको नाम समावेश छैन। मनोनयन दर्ता रजिष्टरमा एउटै दलबाट सोही निर्वाचन क्षेत्रमा दुवैको नाम दर्ता गरिए पनि कम्प्युटरमा एउटै पदको लागि दुई जनाको नाम ईन्ट्री नहुने बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलाशपति सुवेदीले बताए ।
कम्प्युटरमा पहिला गौतमको नाम ईन्ट्री भएकोले दोस्रो पटक राठौरको नाम कम्प्युटर सिस्टमले लिएन। उनले, ‘अब आयोगले जे भन्छ त्यही हुन्छ। हामीले आयोगलाई पत्र लेखेर पठाईसकेका छौं।’ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको थियो।
२४ गते मध्यान्ह ३ बजेदेखि आज २५ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी ऊपर जाँचबुझ गरी निर्णय गर्ने र सोहीदिन साँझ ५ देखि ७ बजे भित्र उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। २६ गते बिहान १० देखि दिउँसो ३ बजे भित्र उम्मेदवारले नामावली फिर्ता लिएपछि सोही दिन १ देखि ३ बजे भित्र अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि ७ बजे भित्र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार